Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

दोस्रो बकैया साहित्य महोत्सवको तयारी पूरा

Jharna-Saahityik-1614264368.jpg

१३ फागुन, हेटौंडा । दोश्रो बकैया साहित्य महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । बकैया–५ श्रीपुर स्थित प्रभात माविमा झरना साहित्यिक परिवारको आयोजनामा शुक्रबार र शनिबार हुने कार्यक्रमको तयारी पूरा भएको अध्यक्ष दीपक गौतमले जानकारी दिएका हुन् ।

पहिलो दिन शुक्रबार बालबालिका विशेष रचना वाचन, बहसमुलक कार्यक्रम र शिक्षक प्रतिनिधिको रचना वाचन हुनेछ । ‘पठन संस्कृतिको एवम् विद्यार्थीको सिर्जनशिलता विकासमा विद्यालयको भूमिका’ विषयमा पहिलो दिन बहस हुने छ । बालबालिकाहरुमा रहेको साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले पहिलो दिन बालबालिका विशेष रचना वाचन हुने अध्यक्ष गौतमले बताए ।

दोश्रो दिन स्रष्टा सम्मान सहित युवा पुस्ताको रचना वाचन हुने गौतमले बताए । ‘हामीले यो वर्ष अघिल्लो वर्ष भन्दा भिन्न कार्यक्रमहरु सहित महोत्सवको आयोजना गरेका छौं,’ उनले भने,‘यो पटक विशेष गरी बालसाहित्य केन्द्रित महोत्सव हुनेछ । उनीहरुको प्रतिभा हामी सुन्छौं । दोश्रो दिन स्रष्टा सम्मान सहित विविध कार्यक्रम हुनेछ ।’

बकैया साहित्य महोत्सवमा विभिन्न ८ जना स्रष्टाहरुलाई सम्मान गरिने भएको छ । यो वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान सुनसरीका अग्रज साहित्यकार प्रा।डा। भीम उपाध्यायलाई प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ रुपैयाँको यो पुरस्कार नुरप्रसाद गौतमले स्थापना गरेका हुन् । यस्तै, विनोद सुवेदीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको बाबुलाल–भोजमाया प्रतिभा सम्मान मकवानपुरका अग्रज कवि आरआर चौलागाईँलाई प्रदान गरिँदैछ ।

रमेशमोहन अधिकारीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिँदैछ भने अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गरेको  ५ हजार ५ सय ५५ रुपैयाँ राशीको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने अध्यक्ष गौतमले जानकारी दिए ।

यस्तै बकैया–४ का वडा अध्यक्ष राजन दंगालले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी साहित्यकार रुकु कार्कीलाई प्रदान गरिँदै छ । तुलसी गिरीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान बकैया–४ का मनहरी लामिछानेलाई प्रदान गरिँदै छ ।

बकैया गाउँपालिकाले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया पत्रकारिता पुरस्कार खेम बोलखेलाई प्रदान गरिँदैछ भने चन्द्र कुमार राईले स्थापना गरेको २ हजार ५ सय ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–बकैया–४ की दीपशिखा घिमिरेलाई प्रदान गरिने भएको छ । यस्तै, स्थानीय प्रतिभावको रुपमा बासुरी बादक गोपाल घतानीलाई पनि सम्मान गरिँदै छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार