१९ फागुन, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले भेलाको आयोजना गरि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनबारे छलफल गरेको छ ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा प्रमुख अतिथी दाहालले पत्रकारको हकहितका खटिने नेतृत्व केन्द्र, प्रदेश र जिल्लामा आउनु पर्नेमा जोड दिंदा त्यही अनुसार युनियन अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै, पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष सम्झना कार्कीले प्रेस युनियनमा आवद्ध पत्रकारहरुले लोकतन्त्रको संस्थागत विकास र संविधानको रक्षाको लागि कलम चलाउने पर्ने बताइन् ।
कार्यक्रममा सहभागी युनियनकर्मीले आगामी पत्रकार महासंघको निर्वाचनमा युनियनले खेल्नुपर्ने भुमिका, चाल्नुपर्ने रणनीति लगायतको बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा काठमाडौंमा उपचाररत कांग्रेस मकवानपुरका निर्वतमान सभापति रघुरमण न्यौपानेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो ।भेलामा नवयुग अनलाइनमा कार्यरत राममणी न्यौपाने प्रेस युनियनको सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, पूर्व अध्यक्ष गोकर्ण सुवेदी, अग्रज पत्रकार राजन दाहाल खुशराज, प्रेस युनियनका केन्द्रीय पार्षद् एवम् रामेछापका पत्रकार युवराज श्रेष्ठ, र नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले प्रेस युनियनबाट लोकप्रिय, श्रमजिवी र आम पत्रकार तथा संचारमाध्ययमको हित गर्नसक्ने व्यक्ति पत्रकार महासंघको निर्वाचनमा उम्मेदवार हुनुपर्ने धारणा व्यक्त गरे ।
मंगलवार बसेको युनियनको कार्यसमिति बैठकबाट आसन्न पत्रकार महासंघको निर्वाचन परिचालन समिति समेत बनाइएको छ । युनियन मकवानपुरका सचिव केशव समपर्णको संयोजकत्वमा ७ सदस्यीय कमिटी बनाइएको युनियन मकवानपुरका संगठन विभाग प्रमुख बलराम पुडासैनीले जानकारी दिए ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)