५ चैत्र, हेटौंडा । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चैत २५ गते निर्वाचनको मिति घोषण भएसँगै नेपाल प्रेस युनियन मकवानपुर निर्वाचनको तयारीमा जुटेको छ । नेपाल प्रेस युनियन मकवानपुर कार्यसमिति र निर्वाचन परिचालन तथा समन्वय समितिको बिहीबार बसेको बैठकले प्रेस युनियन मकवानपुरका उपाध्यक्ष मणिराज गौतमको नेतृत्वमा महासंघ मकवानपुरको निर्वाचनमा जाने निर्णय गरेको छ ।
गौतमको नेतृत्व स्वीकार गरी आउने अन्य संघ संगठनसँग निर्वाचन परिचालन समितिले आवश्यक वार्ता र छलफल अघि बढाउनेसमेत निर्णय भएको छ । युनियनको तर्फबाट महासंघमा अध्यक्षमा गौतमको उम्मेदवारी तय गरिए पनि अन्य पदबारे भने केही समयपछि टुङ्गो लगाइने युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’ले जानकारी दिए । अन्य संघ संगठनसँग आवश्यक छलफल र अन्तरक्रिया गर्नको लागि युनियन मकवानपुरका सचिव केशव समर्पणको संयोजकत्वमा यस अघि नै ७ सदस्यीय निर्वाचन परिचालन तथा समन्वय समिति गठन भइसकेको छ ।
बैठकमा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता एवम् सञ्चार विभाग प्रमुख प्रदिप कोइरालाले पत्रकारहरुको हक अधिकार स्थापित गर्न सक्ने गरी महासंघमा जान शुभकामना दिए । लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको रक्षा गर्न एकबद्ध हुने अन्य संगठनसँग सहकार्य गरेर अघि बढ्न पनि उनले आग्रह गरे । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राममणि दाहालले युनियनको नेतृत्व स्वीकार गरी सहकार्य गर्न तयार हुने अन्य संघ संगठनहरुसँग सहकार्य गरेर जान जिल्ला कार्यसमितिलाई आग्रह गरे । सहकार्य गर्न तयार नभए युनियन एक्लै निर्वाचनमा होमिनसमेत सक्षम रहेको उनले बताए ।
युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’को अध्यक्षतामा बसेको बैठकमा युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, युनियनका केन्द्रीय पार्षद एवम् पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारी, कोषाध्यक्ष सुदिप शिवाकोटी, कार्यसमिति सदस्य सुवास बिडारीलगायतको सहभागिता रहेको थियो ।बिहीबार नै युनियनको निर्वाचन परिचालन समितिको बैठक बसी अन्तर संगठन छलफल र अन्तरक्रियाको लागि कार्यविधि बनाउनुका साथै आर्थिक व्यवस्थापन सम्बन्धमा निर्णय गरेको छ । निर्वाचन परिचालन तथा समन्वय समितिका संयोजक केशव समर्पणको संयोजकत्वमा बैठक बसेको हो ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)