६ चैत, हेटौंडा । हेटौंडा–१५ पनेसमा हिउँदमा बाँझो रहने सुख्खा डाँडामा टनेलमा खेति गरेर स्थानीयहरु अहिले स्वरोजगार बन्न अग्रसर भएका छन् । आकाशे पानीको भरमा बर्षायाममा एक बाली खेति गरेपछि बाँझो रहने सुख्खा डाँडामा टनेलमा तरकारी खेति गरेर उनीहरु स्वरोजगार बन्न अग्रसर भएका हुन् ।
सुख्खा डाँडामा टनेल निर्माण गरी थोपा सिंचाईमार्फत तरकारी खेति गरेपछि उनीहरुको आम्दानी समेत बढेको छ । हिउँदमा उजाड र बाँझो पाखोमा तरकारी खेतिमार्फत आम्दानी गर्न थालेको पनेसकी स्थानीय लक्ष्मी भोम्जनले बताईन् । ‘पानी नै नभएकाले पहिला हामी बारी बाँझै राख्ने गथ्र्यौ’,–उनले भनिन्–‘तरकारी खेति गरेकै थिएनौं ।’ तर टनेलमा खेति गरेर आम्दानी समेत हुन थालेपछि आफुहरुमा उत्साह थपिएको स्थानीय सञ्जयकुमार भोम्जनको भनाई छ । मकै, कोदो र भटमास खेति मात्रै हुने डाँडामा अहिले गाउँलेहरु तरकारी खेति गर्न थालेका छन् । टनेलले तरकारी खेति गरेर आम्दानी गर्न सहयोग भएको अर्का स्थानीय मनोज भोम्जनको भनाई छ । ‘धेरै सजिलो भएको छ नि टनेलमा तरकारी खेति गर्न, अब आम्दानी गर्न पनि सहज भएको छ ।’
रेमिटेन्समा निर्भर परिवार, बैदेशिक रोजगारीबाट फर्किएका र विपन्न समुदायलाई लक्षित गरी नोरेक नामक संस्थाले गाउँमा तरकारी खेति तालिम, विउविजन, मल र टनेल सहयोग गरेको छ । संस्थाको सहयोगमा स्थानीयले आफ्नो मेहनत लगाएपछि गाउँबाट अहिले मासिक करिब एक लाख रुपैंयासम्मको गोलभेडा विक्रि हुन थालेको छ । यसले रेमिटेन्समा निर्भर परिवार स्वरोजगार हुँदै आयआर्जनमा जोडिएको एकिकृत ग्रामिण विकास सेवाका कार्यक्रम संयोजक कञ्चन घिमिरेको भनाई छ । ‘विगतमा एक मौसम खेति गर्ने अनि बाँकी समय रेमिटेन्समा भरपर्ने अवस्था थियो, खेत बाँझै रहने गर्थ्यो भने अहिले गाउँमा टनेलमा तरकारी खेति थालेपछि आम्दानी समेत बढेको छ ।’–उनले भने ।
संस्थाले हालसम्म मकवानपुरमा मात्रै एक सय वटा टनेल निर्माण गरी स्थानीय कृषकलाई स्वरोजगारतर्फ अग्रसर गराएको छ । दाताले गरेको सहयोगले आफुहरु उत्साहित भएपनि राज्यबाट थप सहयोग गरिदिए आफुहरुलाई बाँझो बारी सदुपयोग गर्दै व्यवसायिक कृषितर्फ लाग्न प्रोत्साहन मिल्ने कृषक चन्द्रबहादुर लामाको भनाई छ ।
बर्षामा एकबाली मात्रै गरेर हिउँदमा खेत बाँझै राख्नुपर्ने र आयआर्जनका लागि विदेशिनुपर्ने समस्या भोगिरहेका यहाँका स्थानीयलाई संघीय, प्रदेश र स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउन सके बाँझो बारीको सदुपयोग हुने र थोरै आम्दानीका लागि जोखिमपूर्ण खोज्दै विदेशिनुपर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)