भीमसेन पौडेल
७ चैत्र, हेटौडा । हेटौंडा-६ बारुते कुमलटार मा रहेको कृष्ण आधारभूत विद्यालयको आयोजना तथा माउण्टेन हर्ट नेपालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य परीक्षणमा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन ।
विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकलाई लक्षित गरेर आयोजना गरिएको स्वास्थ्य परीक्षणमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको विद्यालयकी प्रधानाध्यापक मन्दिरा घिमिरेले बताइन। हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ढुङगानाको अध्यक्षतामा भएको शिविरिमा १ सय ४० जना अभिभावक र १ सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको प्रधानाध्यापक घिमिरेले जानकारी दिइन।
शिविरमा नाक, कान, घाटी, सुगर, प्रेसर ,बाथ, छाला, मुटु, पेट रोग र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नुकासाथै औषधि वितरण गरिएको थियो।शिविरमा हेटौडा–६ का वडा सदस्य रामहरि राई, माउण्टेन हर्ट नेपालकी अध्यक्ष गोमा गौतम,सञ्चारकर्मी भीमसेन पौडेल, सुनिल शिवाकोटी, आमा समूहकी अध्यक्ष ईश्वरी ढुङगाना, शिक्षिका सरिता चौलागाँई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । शिविरमा डाक्टर शर्मा, अवन गौतम, रिमा शर्मा, पविता ढुङगाना, विजया श्रेष्ठ, स्टाफ नर्स करुणा सापकोटा र सरु कोजुको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

















-nepal-1793665142.jpg)