९ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ शाखाले सोमबार एक कार्यक्रमका विच मकवानपुरका जेष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न सुरुवात गरेको छ ।
शाखाले सञ्चालन गरेको कोषबाट पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मालाई पेन्सन रकमको चेक हस्तान्तरण गरी पेन्सन वितरण कार्यको सुरुवात गरिएको हो ।
महासंघ शाखाले जेष्ठ पत्रकारका लागी पेन्सन उपलब्ध गराउँने उद्देश्यबाट सुरु गरिएको पेन्सन कोषमा रहेको रकमको व्याजबाट पेन्सन प्रदान गरिएको हो । जेष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँका दरले पेन्सन प्रदान गरिने छ ।
मकवानपुर जिल्लामा कम्तिमा ५ बर्ष र २० वर्ष पत्रकारिता गरी ६० वर्ष उमेर पुगेका पत्रकारलाई पेन्सन प्रदान गर्ने व्यवस्था शाखाले गरेको छ ।
पेन्सन कोषलाई रकम उपलब्ध गराएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा पेन्सन वितरण कार्यको शुभारम्भ गरिएको हो ।
प्रमुख अतिथि मेयर महतले पत्रकार महासंघले राम्रो अभियानको थालनी गरेकोले आगामी आर्थिक बर्षमा पनि पेन्सन कोषमा रकम सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले महासंघको संस्थागत विकासका लागि उपमहानगरपालिका सहयोग गर्न सदैव तयार रहेको बताए ।
करिब ४० वर्ष पत्रकारिता गरेर निवृत जीवन बिताइरहेका शर्मालाई पेन्सन वापतको चैत महिनाको ४ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
पेन्सन रकमको चेक बुझ्दै महासंघ मकवानपुरका पूर्व अध्यक्ष शर्माले पत्रकारितामै जीवन बिताएकाहरुलाई सहजता प्रदान गर्न र आउँने पिडीलाई भविष्य सुरक्षित गर्न माहासंघको यस अभियानले थोरै भएपनि टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले यो अभियानले ज्येष्ठ पत्रकारको सम्मान गरेको पनि बताए ।
महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, महासंघ पूर्व अध्यक्ष राममणी दाहाल, महासंघको केन्द्रीय प्रशिक्षण विभाग सदस्य मनोज ढोडारी, महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी लगाएत पत्रकारितासंग सम्बन्धित विभिन्न संघसंगठनका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
जेष्ठ पत्रकार पेन्सन कोष सञ्चालनका लागी हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)