Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला वन उत्कृष्ट घोषित

Ban-Diwas-1502284636.jpg

२५ साउन, हेटौँडा । दोश्रो सामुदायिक वन दिवसको अवसरमा बुधवार हेटौडामा वन सँग सम्वन्धित विभिन्न संघसंस्था एवम कार्यालयहरुले कार्यक्रम गरेका छन । 
जिल्ला वन कार्यालय मकवानपुर र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा वन दिवस मनाएका छन । चुच्चेखोला सामुदायिक वनले वनक्षेत्रको रामपुर डाडामा निर्माण गरिरहेको सालक पार्कमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा आव ०७३÷०७४ को उत्कृष्ट सामुदायिक वन तर्फ चुच्चेखोला सामुदायिक वन पहिलो सुनाचुरी सामुदायिक वन दोश्रो र मुलखोला सामुदायिक वन तेश्रो भएका छन् । 
यसैगरी, वन्यजन्तु संरक्षण तर्फ अशोक सामुदायिक वन हेटौडा–१७ पहिलो, भैरबडाँडा सामुदायिक वन हेटौडा–११ दोश्रो र कालिकाचण्डिका सामुदायिक वन भैसे तेश्रो, नदी नियन्त्रण तर्फ सिमातमाई सामुदायिक वन बकैया पहिलो, चित्रेपानी सामुदायिक वन हेटौडा दोश्रो र बेतखोल्सी सामुदायिक वन हेटौडा तेश्रो भएका थिए । कबुलियत वनतर्फ रामधुनी कबुलियती वन पहिलो, चित्रेपानी कबुलियती वन दोश्रो र क्याम्पाडाडा कबुलियती वन तेश्रो भएका थिए भने निजी वनतर्फ हेटौडा ११ का नवराज बर्तौला र जनक बहादुर रेग्मी पुरस्कृत भए ।
हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, मकवानपुरगढी २ का वडाध्यक्ष बखानसिह पाख्रिन, ३ का वडाध्यक्ष भागवत घिमिरे, राष्टपति तराई मधेश विकास संरक्षण कार्यालय हेटौडाका प्रमुख बसन्तराज गौतम, हर्नामाडी सेक्टर कार्यालयका प्रमुख राजेन्द्रराज भण्डारी, सञ्चारकर्मी रुपेश दुलाल, समूहका कार्यालय सचिव केदार गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार