२७ साउन, चौघडा । सुनगाभा शिक्षा निकेतन, चौघडामा शुक्रबार लागुऔषध दुव्र्यसन नियन्त्रण र ट्राफिक नियमबारे सचेतना कार्यक्रम भएको छ । विद्यार्थीलाई लागुऔषध र ट्राफिक नियम सम्वन्धि जानकारी दिन सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कक्षा ८,९ र १० मा अध्ययनरत एक सय जना विधार्थीहरुको सहभागिता थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक शिवराज बुढाथोकीले सहजीकरण गरेका थिए । कार्यक्रममा निरीक्षक बुढाथोकीले लागु औषध सेवनले व्यक्ति, समाज र देशलाई नै ठूलो नोक्सानी हुने बताउँदै यसको नियन्त्रणमा समाजका सबै बर्गले सहयोग गर्नुपर्ने बताए । सवारी चालक मात्रै नभई पैदल यात्रुलाई पनि सवारी नियम सम्वन्धी ज्ञान हुनुपर्ने भन्दै ईन्सपेक्टर बुढाथोकीले लापरवाही र ट्राफिक ज्ञान नहुँदा सवारी दुर्घटना बढेको बताए ।
सुनगाभा शिक्षा निकेतन विधालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई, प्रहरी चौकी चौघडाका प्रहरी सहायक निरीक्षक सन्तबहादुर कमाल, सञ्चारकर्मी भीमसेन पौडेल, सुनिल शिवाकोटी ,विद्यालयका प्रधानाध्यापक केवी खवास, शिक्षक अरुण पराजुली, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















