१९ बैशाख, हेटौंडा । नेपाली कांग्रेस निकट कोभिड १९ अनुगमन समिति मकवानपुरले दोश्रो लहरको कोरोनाको संक्रमणको जोखिमलाई न्युनिकरण गर्न फ्रण्ट लाईनमा खटिने पत्रकार, जनपथ प्रहरी र ट्राफिक प्रहरीलाई आईतबार स्वास्थ्य सामाग्री तथा आर्थिक सहयोग गरेको छ ।
समितिका मकवानपुर संयोजक उत्सव ईटेनीले पत्रकार महासंघ मकवानपुर शाखालाई २ सय ५० थान सर्जिकल माक्स, २७ पिस हेण्ड सेनिटाईजर, ५१ पिस एन ९५ माक्स र फ्रण्ट लाईनमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षाको क्षेत्रमा खर्च गर्नेगरी पत्रकार महासंघका अध्यक्ष एवं समितिका सचिव मणिराज गौतमलाई नगद ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।
यसैगरी समितिले आईतबारै वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरिक्षक कृष्ण विष्टलाई २ सय पिस सर्जिकल माक्स, ५१ वटा हेण्ड सेनिटाईजर, ५१ पिस एन ९५ माक्स र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश पाण्डेलाई ४० वटा हेण्ड सेनिटाईजर, सर्जिकल माक्स १ सय पिस तथा ४० थान एन ९५ माक्स वितरण गरिएको छ ।
कोरोनाको जोखिममा फ्रण्ट लाईनमा बसेर निरन्तर खटिने प्रहरीलाई गरेको सहयोगप्रति प्रहरी निक्षकद्वय विष्ट र पाण्डले समिति प्रति आभार प्रकट गरेका थिए ।
समितिका मकवानपुर संयोजक ईटेनीले मकवानपुरका १० वटै स्थानीय तहमा कोरोनाको दोश्रो लहरले पारेको प्रभाव र अवस्था बारे अनुगमन गर्ने र अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गर्ने बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा समितिका सचिव गौतम, कोषाध्यक्ष जानुका गिरी, सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन विडारी, सुधिर दाहाल, डोल्मा स्याङ्वो, मदन जोशी, पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरला अधिकारी, जिल्ला सदस्य प्रदिप अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


















