Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा अति आवस्यक सेवाहरुको खुल्ने समय परिवर्तन

cdo-1620089947-1620177069.jpg

२२ बैशाख, हेटौंडा । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लाका ४ स्थानिय निकायमा निषेधाज्ञा लगाएपनि अति आवस्यक सेवा क्षेत्रहरुमा सर्वसाधरणको भिडभाड नियन्त्रणमा नआएपछि प्रशासनले पुनः समय तालिकामा परिवर्तन गरेको छ । 
निशेधाज्ञाको समयमा मकवानपुरमा अति आवस्यक सेवाहरुबाहेक बिहान १० देखि दिउँसो ४ बजेसम्म खोल्ने निर्णय भएको बैंक तथा वित्तिय संस्था अब दिउँसो २ बजेसम्म मात्रै खुल्ने भएका छन् । 
यसैगिरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बिहान ५ देखि ९ बजेसम्म खुल्दै आएको तरकारी, खाद्यान्न, पानी, दूध, माछामासु र फलफूल पसल भने अब बिहान ८ बजेसम्म मात्र खोल्न पाईने निर्णय गरेको छ । यस्तै निर्णय अनुसार बैंक तथा वित्तिय संस्थाहरु आलोपालो गरी जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्नेछ । 
मकवानपुरमा रहेका उद्योग कलकारखानाले सम्भव भएसम्म कर्मचारी तथा श्रमिकलाई उद्योगमै राख्ने व्यवस्था गर्नुपर्नेछ । सम्भव नभए जिल्ला प्रशासन कार्यालय मकवानपुरमा जानकारी गराई निश्चित सवारी साधनको प्रयोग गरी बिहान ४ देखि ६ बजेभित्र कर्मचारी तथा श्रमिकलाई उद्योग परिसरभित्र प्रवेश गराइसक्नुपर्ने निर्णय गरिएको छ । 
उद्योग कलकारखानाले साँझ ५ देखि ७ बजेसम्म आफ्ना कर्मचारीलाई घरमै पु¥याउने व्यवस्था गर्नुपर्ने निर्णय गरिएको छ । यस्तै अस्पताल प्रयोजन बाहेक अन्यत्र प्रयोग भएका अक्सिजनको लगत तयार गरिने भएको छ । 
 

Aadesh_2078_01_18-(1)-1620177070.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार