२९ साउन, हेटौँडा । दुई दिनको अविरल बर्षका कारण मकवानपुरमा ४ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएको छ ।
मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले ४ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएको पुष्टी गरेका छन् । आइतबार साँझ सम्ममा पहिरोका कारण शनिबार भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपा पाखाटोलकी ५५ बर्षिया मिठु दानी, बकैया गाउँपालिका वडा नम्बर १० अम्बासबेसीका ९ बर्षिया पल्मा न्यासुरको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीका कारण बैकैया गाउँपालिका वडा नम्बर १ का ३२ बर्षिया सुनमाया मोक्तान र हेटौँडा–१३ का ज्ञानबहादुर डिम्डुङ रहेको एसपी खनालले बताए ।
बकैयाको अम्बास वेसीमा वेपत्ता भएका पल्मा बाहेक अरुको शव फेला परेको छैन । बाढी पहिरोका कारण बेपत्ता हुनेमा अम्बासका ५० बर्षिय मंगलसिं न्यासुर, उनकी ४८ बर्षिया श्रीमति सुनमाया, छोरीहरु २४ बर्षिया माया, १२ बर्षिया हिरा, १० बर्षिया सानुमाया, र २ बर्षिय छोरा विकास, बकैया–६ का ४२ बर्षिय बीरबहादुर घलान रहेको एसपी खनालले बताए ।
प्रहरीले आइतबार दिनभरमा विपदमा परेका एक सय ४२ जनालाई उद्धार गरेको छ । हेटौँडा–४ स्थित मानवसेवा आश्रमबाट ६७ जना, हेटौँडा–४ कै कर्रा खोलाबाट १० जना, हेटौँडा–५ गर्दोहीबाट ९ जना, हेटौँडा–११ थानभर्याङबाट २० जना, मनहरी गाउँपालिका वडा नम्बर ७ बाट ३५ जना र बकैया गाउँपालिकाबाट १ जनालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















