२८ बैशाख, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले कोरोना भाइरस संक्रमितको उपचारको लागि सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गरेको छ ।
राक्सिराङ–५ स्थित ठाडेचुरेमा निर्माण भएको २६ बेडको कोभिड अस्पतालको लागि आवश्यक अक्सिजनसहितको सामाग्रीसमेत खरिद गरिसकिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
विपद व्यवस्थापन कोषबाट ५० लाख रुपैयाँ विनियोजन गरी ३५ सिलिन्डर अक्सिजन, हजार पिस एन्टिजेन किट, पिपिई, मास्क, सेनिटाइजर, औषधिलगायतका सामाग्री खरिद गरिएको अध्यक्ष मल्लले बताए ।
अक्सिजनसहितको कोभिड अस्पतालमा डाक्टरसहितको स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री उपलब्ध गराउन सक्षम भएका बताउँदै अध्यक्ष मल्लले गाउँपालिकामा रहेका कुुल ४१ जना स्वास्थ्यकर्मी मध्ये कोभिड अस्पतालमा १० जना स्वास्थ्यकर्मी खटाइने जानकारी दिए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले कोभिड अस्पतालमा एक जना डाक्टर, एकजना स्टाफ नर्स, एक जना हेल्थ असिस्टेन्ट, २ जना अनमी, २ जना अहेब र ३ जना कार्यालय सहयोगी खटिने बताए ।
उनका अनुसार हाल गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेको र सबैजना होम आइसोलेशनमा रहेका छन् ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
