Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संविधान संशोधनमा एमाले बाधक : मन्त्री बलायर

Mantri-Balayar-1502950228.jpg

१ भदौं, हेटौडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बीरबहादुर बलायरले संविधान संशोधनमा नेकपा एमाले बाधक बनेको आरोप लगाएका छन् । 
नेपाली कांग्रेस मकवानपुरले विहिबार हेटौँडामा गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री बलायरले सरकार संविधान संशोधनका लागि प्रतिवद्ध रहे पनि यसमा एमाले बाधक बनेको बताए । विगतमा सरकारमा जानका लागि संविधान संशोधनमाथि सहमति जनाएको एमालेले अहिले यसको विरोध गर्नु इमान्दारिता नहुने उनको भनाई छ । संविधान संशोधन कुनै दल विशेषको मात्रै मुद्धा नभई यो मधेशको मुद्धा भएकाले संशोधनप्रति कांग्रेस प्रतिवद्ध रहेको उनको भनाई थियो । 
संविधान जारी गर्दा मधेशका केही मुद्धा सम्बोधन गर्न छुटेको स्विकार्दै उनले यसलाई संशोधनमार्फत संविधानमा समावेश गर्नु जरुरी रहेको धारणा राखे । कांग्रेस नेता समेत रहेका बलायरले मधेशका माग सम्बोधन गर्दै राजपालाई निर्वाचनमा सहभागी हुने वातावरण नेपाली कांग्रेसले तयार गरिरहेको बताए । उनले आगामी माघ ७ गतेभित्र संसद र प्रदेशको चुनाव गर्न कांग्रेस प्रतिवद्ध रहेको भन्दै यसको नेतृत्व कांग्रेस सभापति समेत रहनु भएका प्र्रधानमन्त्री शेरबहादुर देउवाले गरेको दावि गरे । 
कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टी सचिव बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपी विश्वकर्मासहित जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यकर्ताहरुले सरकारमा रहेर पार्टीले गरिरहेका र गर्नुपर्ने कामबारे मन्त्री बलायरसंग जिज्ञासा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार