Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

केन्द्रीय सदस्य अपहरण गरेको भन्नु हास्यास्पद : कमल थापा

KT-Nepal-1503060992.jpg

२ भदौं, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुले केन्द्रीय सदस्यहरुलाई अपहरण गरेको भन्नु हास्यास्पद भएको बताएका छन् । आफ्ना पक्षका केन्द्रीय सदस्यहरुलाई अपहरण शैलीमा लुकाएको पशुपति शम्शेर राणाद्वारा शुक्रबार सर्वोच्च अदालतमा दायर रिटमा उल्लेख भएको भन्दै थापाले यो कुरा हास्यास्पद भएको बताएका हुन् ।
हेटौँडामा दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै यस्तो कुरा गर्न राणालाई नसुहाउने बताए । उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा कारवाही गरेपछि रहेका १ सय ४० मध्ये १ सय ४ जना सदस्यहरु उपस्थिति रहेको भन्दै सत्ता लोभी र अवसरवादीहरुले राणालाई दुरुपयोग गरेको बताए । उनले राणामा पार्टी दर्ताका लागि आवश्यक ४० प्रतिशत नपुग्ने भएपछि विक्षिप्तता  आएको समेत थापाको दावि छ । उनले भदौं ४ गते पार्टी दर्ताबारे निर्वाचन आयोगले गर्ने निर्णय पछि मात्रै संविधान संशोधनबारे पार्टी धारणा अघि सार्ने समेत बताए ।
बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले जनताले मत दिएर संविधान लेखनका लागि पठाएका सांसद पार्टी फुटाउने खेलमा लागेको भन्दै कारवाही माग गरेका थिए । बैठकमा पार्टीको संगठन परिचालन, अन्तराष्ट्रिय सम्बन्ध, सामाजिक अभियानमा पार्टीलाई परिचालन लगायतका विषयमा नेतृत्वलाई सदस्यहरुले सुझाव दिएका थिए । बैठक शनिबारसम्म चल्ने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार