Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्डर १६ फुटसल प्रतियोगिता हुने

20945468_1384035221681784-1503123718.jpg

 तस्विरः सुनिल शिवाकोटी/प्रस्ट खबर  

सुनिल शिवाकोटी 

३ भदौ , हेटौडा । हेटौँडा पहिलो पटक संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । 

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराईएको हो  । हेटौँडा फुटसलको आयोजनामा तथा प्याब्सन मकवानपुरसँगको सहकार्यमा यही भदौ २३ र २४ गते  सम्म चल्ने प्रतियोगितामा जील्लाभरीका करिब ३० देखी ३५ वटा निजी विद्यालयहरुको सहभागीतमा रहेने बताईएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै आयोजक हेटौँडा फुटसलका संचालक यम सिलवालले विद्यालय तहदेखि नै फुटसल खेललाई व्यवसायीक रुपमा प्रवर्धन गर्न र विद्यार्थीहरुको शारिरिक तथा मानसिक तन्दुरुस्ती कायम गर्ने उद्धेश्यका साथ  प्रतियोगिता आयोजना गर्न लागिएको बताए । हेटौडा सिटी कलेज, ग्रनि पब्लिकेसन, संगम पब्लिकेसन, नेचर पब्लिकेसन , मण्डियाल स्र्पोट र गुगल स्र्पोट लगायतको प्रायोजन रहने प्रतियोगितामा प्रथम नगर ३० हजार सहित शिल्ड र मेडल  द्वितिय हुने टिमलाई २० हजार रुपैयाँ सहित शिल्ड मेडलले पुरस्कृत गरिने प्याब्सन मकवानपुरका उपाध्यक्ष अनिल पाण्डेले बताए ।  
नेपाल सरकारका पुर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले   उद्घाटने गर्ने प्रतियोगितामा  फुटबलका राष्ट्रिय खेलाडीहरु बिमल घर्ती मगर, अन्जन बिष्ट, रन्जन बिष्ट, एलन न्यौपाने, सुनिल बल लगायतलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सीना, जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ,  पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी , नेपालकी राष्ट्रिय टिमका खेलाडी रञ्जन विष्ट  लगायतको उपिस्थीत रहेको थियो  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार