Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्डर १६ फुटसल प्रतियोगिता हुने

20945468_1384035221681784-1503123718.jpg

 तस्विरः सुनिल शिवाकोटी/प्रस्ट खबर  

सुनिल शिवाकोटी 

३ भदौ , हेटौडा । हेटौँडा पहिलो पटक संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । 

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराईएको हो  । हेटौँडा फुटसलको आयोजनामा तथा प्याब्सन मकवानपुरसँगको सहकार्यमा यही भदौ २३ र २४ गते  सम्म चल्ने प्रतियोगितामा जील्लाभरीका करिब ३० देखी ३५ वटा निजी विद्यालयहरुको सहभागीतमा रहेने बताईएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै आयोजक हेटौँडा फुटसलका संचालक यम सिलवालले विद्यालय तहदेखि नै फुटसल खेललाई व्यवसायीक रुपमा प्रवर्धन गर्न र विद्यार्थीहरुको शारिरिक तथा मानसिक तन्दुरुस्ती कायम गर्ने उद्धेश्यका साथ  प्रतियोगिता आयोजना गर्न लागिएको बताए । हेटौडा सिटी कलेज, ग्रनि पब्लिकेसन, संगम पब्लिकेसन, नेचर पब्लिकेसन , मण्डियाल स्र्पोट र गुगल स्र्पोट लगायतको प्रायोजन रहने प्रतियोगितामा प्रथम नगर ३० हजार सहित शिल्ड र मेडल  द्वितिय हुने टिमलाई २० हजार रुपैयाँ सहित शिल्ड मेडलले पुरस्कृत गरिने प्याब्सन मकवानपुरका उपाध्यक्ष अनिल पाण्डेले बताए ।  
नेपाल सरकारका पुर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले   उद्घाटने गर्ने प्रतियोगितामा  फुटबलका राष्ट्रिय खेलाडीहरु बिमल घर्ती मगर, अन्जन बिष्ट, रन्जन बिष्ट, एलन न्यौपाने, सुनिल बल लगायतलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सीना, जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ,  पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी , नेपालकी राष्ट्रिय टिमका खेलाडी रञ्जन विष्ट  लगायतको उपिस्थीत रहेको थियो  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार