Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राप्रपाले संशोधनको विपक्षमा मतदान गर्ने

1-A-1503227721.jpg

४ भदौं, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हेटौँडामा आइतबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

३ दिनसम्म चलेको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए । संसदमा छलफल भईरहेको संविधान संशोधन विधेयक पारित गराउन सत्तारुढ दल, सरकार र राष्ट्रिय जनता पार्टी समेत गम्भिर नरहेको भन्दै यसको विपक्षमा मतदान गर्ने राप्रपाको निर्णय छ । राप्रपा बैठकले आफ्नो पार्टी विभाजनमा सरकार र देशी विदेशी तत्वहरु सक्रिय भएको निष्कर्ष निकाल्दै संस्थापनमै फर्कन चाहने नेताहरुलाई सम्मानका साथ जिम्मेवारी दिने निर्णय समेत गरेको छ । 

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपाको सहभागितालाई गम्भिर भुलको रुपमा ठहर गरेको जनाउँदै स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा सरकारबाट फिर्ता हुँदा चुनावलाई समेत नकारात्मक प्रभाव परेको बैठकले निस्कर्ष निकालेको छ । राप्रपाले पाँच क्षेत्रमा पार्टीको स्थानीय तहका अध्यक्षहरुको सम्मेलन, सनातन धर्मसभा, राष्ट्रिय स्वाभिमान यात्रा, हरेक वडामा राप्रपा हरेक क्षेत्रमा राप्रपा, भातृ संगठनको अधिवेशन र प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
पढ्नुहोस पूर्ण पाठ

1R-1503227721.jpg
2R-1503227722.jpg
3R-1503227723.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार