Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संविधान संशोधन विधेयक अस्विकृत

CA-1503327028.jpg

५ भदौ, काठमाडौं । व्यवस्थापिका संसद्को बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक अस्विकृत गरेको छ । 
सोमबार बसेको संसद बैठकमा विधेयकको पक्षमा दुई तिहाई मत नपुगेपछि सभामुख ओनसरी घर्तीले विधेयक अस्वीकृत भएको घोषण गरेकी हुन् । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । दफावार छलफलपछि सोमबार संशोधन विधेयक निर्णयार्थ पेश गरेपनि विधेयक फेल भएको हो । 
संसदमा उपस्थित ५५३ सांसदमध्ये ३४७ ले संशोधनको पक्षमा र २०६ ले विपक्षमा मतदान गरेका छन् । ५ सांसद भएको मालेले मतदान प्रक्रियामा भाग लिएन । संसदमा रहेका ५९२ सांसदमध्ये दुई तिहाई पुग्न ३९५ मत आवश्यक हुन्छ । संशोधनको पक्षमा ३४७ मत मात्र खसेपछि विधेयक संशोधन हुन नसकेको हो । सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरिन् । 
संसदमा विधेयक पारित भएपनि नभएपनि चुनावमा भाग लिने राष्ट्रिय जनता पार्टीको सहमति पछि विधेयक संसदमा निर्णाथ पेश गर्न सत्ता साझेदार दलसहित केही दल सहमत भएका थिए । तर एमालेले भने विधेयक संसदमा पेश नगर्न सत्तापक्षलाई दवाव दिंदै आएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार