Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कमल थापालाई झड्का, के गर्लान् उनले ?

KT-Pashupati-1503371640.jpg

६ भदौं, काठमाण्डौं । सनाखतका लागि केन्द्रीय सदस्यलाई रोक्ने उद्देश्यले ३ दिन हेटौँडामा केन्द्रीय सदस्य राखेर बैठक गरेका राप्रपा अध्यक्ष कमल थापालाई झड्का लागेको छ ।
भदौं ४ गते निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिक गठनका लागि सनाखत गर्ने समय घर्काउँदै केन्द्रीय कार्यसमिति बैठक राखेका थापा सनाखतका लागि थापा नगएपछि केही उत्साहित थिए । ‘४० पुग्दै नपुग्ने निश्चित छ, तर रित विपरितको निवेदन आयोगले दर्ता ग¥यो’–आइतबार अपरान्ह हेटौँडामा केन्द्रीय कार्यसमिति बैठकपछिको पत्रकार सम्मलनमा भन्दै थिए । तर मनमा आशंका भने छदैं थियो, उनले थपे–‘तर अदालतले के गर्छ थाहा छैन, यहाँ जे पनि हुनसक्छ ।’ उनको आशंका अनुसार नै सर्वोच्च अदालतले आदेश गरेपछि भने उनलाई झड्का लाग्यो ।
अदालतले सोमबार राप्रपा प्रजातान्त्रिकको माग बमोजिम पुनः निर्वाचन अयोगमा केन्द्रीय सदस्य तथा सांसदको हस्ताक्षर सनाखत गराउन नपर्ने आदेश दिएको छ । निर्वाचन आयोगले पुनः हस्ताक्षर सनाखत गराउन बोलाएपछि असन्तुष्टि जनाउँदै  राणाले शुक्रबार सर्वोच्च अदालत मुद्दा दायर गरेका थिए । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले राणाको माग बमोजिम पुनः निर्वाचन आयोगमा सांसद तथा केन्द्रीय सदस्यको सनाखत नगराउन आदेश दिएको थियो । 
राणाले गत साउन २२ गते निर्वाचन आयोगका ५६ केन्द्रीय सदस्यसहित ६४ जनाको हस्ताक्षर बुझाएको तर आयोगले पुनः सबै केन्द्रीय सदस्य र सांसदको  सनाखत गर्न बोलाएपछि उनी बाँकी संख्याको मात्रै सनाखत गराइनुपर्ने माग गर्दै  शुक्रबार अदालत पुगेका थिए । अब उनले सनाखत गर्न बाँकीको मात्रै सनाखत गरे पुग्ने भएको छ ।
आदेशबारे कमल थापा नेतृत्वको राप्रपाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । कुनै पनि राजनीतिक घटनाको प्रतिक्रिया ट्विटरमार्फत दिने थापाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएका हुन् । उनले नेता राजेन्द्र लिंदेलको ट्विट भने रिट्विट गरेका छन् । लिंदेलले ट्विटमा भनिएको छ ‘न्यायको अन्तिम आधार सर्वोच्च पैसा र विदेशी प्रभावमा चल्यो,न्याय मरयो भने ढिलो चांडो देशले विद्रोह व्यहोर्न पर्ने हुन्छ ।’ अब के गर्लान थापाले भन्ने चासो सर्वत्र छ । 
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले फैसलाबारे अध्ययन भइरहेको भन्दै अहिले कुनै प्रतिक्रिया नदिने बताए । केन्द्रीय सदस्य हेटौँडामा बैठक डाकेपछि राणा पक्षले आफ्नो पक्षका केन्द्रीय सदस्य अपहरण गरेको समेत आरोप लगाएको थियो । थापाले भने यसलाई हास्यास्पद भनका थिए ।  अदालतको निर्णय पछि राप्रपा र राप्रपा प्रजातान्त्रिकको दुबै रणनीति के हुन्छ भन्ने चासो बढेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार