६ भदौं, काठमाण्डौं । सनाखतका लागि केन्द्रीय सदस्यलाई रोक्ने उद्देश्यले ३ दिन हेटौँडामा केन्द्रीय सदस्य राखेर बैठक गरेका राप्रपा अध्यक्ष कमल थापालाई झड्का लागेको छ ।
भदौं ४ गते निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिक गठनका लागि सनाखत गर्ने समय घर्काउँदै केन्द्रीय कार्यसमिति बैठक राखेका थापा सनाखतका लागि थापा नगएपछि केही उत्साहित थिए । ‘४० पुग्दै नपुग्ने निश्चित छ, तर रित विपरितको निवेदन आयोगले दर्ता ग¥यो’–आइतबार अपरान्ह हेटौँडामा केन्द्रीय कार्यसमिति बैठकपछिको पत्रकार सम्मलनमा भन्दै थिए । तर मनमा आशंका भने छदैं थियो, उनले थपे–‘तर अदालतले के गर्छ थाहा छैन, यहाँ जे पनि हुनसक्छ ।’ उनको आशंका अनुसार नै सर्वोच्च अदालतले आदेश गरेपछि भने उनलाई झड्का लाग्यो ।
अदालतले सोमबार राप्रपा प्रजातान्त्रिकको माग बमोजिम पुनः निर्वाचन अयोगमा केन्द्रीय सदस्य तथा सांसदको हस्ताक्षर सनाखत गराउन नपर्ने आदेश दिएको छ । निर्वाचन आयोगले पुनः हस्ताक्षर सनाखत गराउन बोलाएपछि असन्तुष्टि जनाउँदै राणाले शुक्रबार सर्वोच्च अदालत मुद्दा दायर गरेका थिए । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले राणाको माग बमोजिम पुनः निर्वाचन आयोगमा सांसद तथा केन्द्रीय सदस्यको सनाखत नगराउन आदेश दिएको थियो ।
राणाले गत साउन २२ गते निर्वाचन आयोगका ५६ केन्द्रीय सदस्यसहित ६४ जनाको हस्ताक्षर बुझाएको तर आयोगले पुनः सबै केन्द्रीय सदस्य र सांसदको सनाखत गर्न बोलाएपछि उनी बाँकी संख्याको मात्रै सनाखत गराइनुपर्ने माग गर्दै शुक्रबार अदालत पुगेका थिए । अब उनले सनाखत गर्न बाँकीको मात्रै सनाखत गरे पुग्ने भएको छ ।
आदेशबारे कमल थापा नेतृत्वको राप्रपाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । कुनै पनि राजनीतिक घटनाको प्रतिक्रिया ट्विटरमार्फत दिने थापाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएका हुन् । उनले नेता राजेन्द्र लिंदेलको ट्विट भने रिट्विट गरेका छन् । लिंदेलले ट्विटमा भनिएको छ ‘न्यायको अन्तिम आधार सर्वोच्च पैसा र विदेशी प्रभावमा चल्यो,न्याय मरयो भने ढिलो चांडो देशले विद्रोह व्यहोर्न पर्ने हुन्छ ।’ अब के गर्लान थापाले भन्ने चासो सर्वत्र छ ।
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले फैसलाबारे अध्ययन भइरहेको भन्दै अहिले कुनै प्रतिक्रिया नदिने बताए । केन्द्रीय सदस्य हेटौँडामा बैठक डाकेपछि राणा पक्षले आफ्नो पक्षका केन्द्रीय सदस्य अपहरण गरेको समेत आरोप लगाएको थियो । थापाले भने यसलाई हास्यास्पद भनका थिए । अदालतको निर्णय पछि राप्रपा र राप्रपा प्रजातान्त्रिकको दुबै रणनीति के हुन्छ भन्ने चासो बढेको छ ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

