६ भदौं, हेटौँडा । शेरबहादुर देउवाको मन्त्रीमण्डलमा पर्ने चर्चामा रहेकी नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्याय राज्यमन्त्रीमा पनि परिनन् । कांग्रेसकी केन्द्रीय सदस्य र यसअघि पनि राज्यमन्त्री भईसकेकी उपाध्याय देउवा प्यानलकै हुन् ।
देउवा प्रधानमन्त्री भएसंगै मन्त्री बन्ने चर्चामा रहेपनि विस्तारमा पर्न सकेकी थिईनन् । सोमबार कांग्रेस पार्टी कार्यालय मकवानपुरमा जम्मा भएका कांग्रेसजन पनि उनी राज्यमन्त्री हुने दावि गरिरहेका थिए । प्रभावशाली महिला नेतृ उनलाई राज्यमन्त्रीमा भएपनि ‘एड्जस्ट’ गर्ने चर्चा चलेको थियो । संसदको विभिन्न समितिमा सक्रिय उनी मंगलबार विस्तार भएको मन्त्रीमण्डमा समेत नअटेपछि यो पटक मन्त्रीमण्डलमा मकवानपुरको उपस्थिति शुन्य हुने भएको छ ।
यसअघि माओवादी केन्द्रका सांसद रामनारायण विडारी मन्त्री हुने भनिएकोमा उनी पनि मन्त्रीमण्डलमा अटेनन् । उनलाई सर्वोच्चले बरिष्ठ अधिवक्ताको उपाधी दिएको छ । यसअघि मकवानपुरबाट कांग्रेस जिल्ला सभापति समेत रहेका मकवानपुरका क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्री भएका थिए ।
मंगलबार विस्तार हुने मन्त्रीमण्डलका राज्यमन्त्रीहरुमा कांग्रेसकातर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशम्शेर राणा, नरबहादुर चन्द, तप्तबहादुर बिष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, दिलमान पाख्रिन, चम्पादेवी खड्का, सरिता प्रसाईँ, अम्मर सिंह पुन र तेजुलाल चौधरी छन् ।
त्यस्तै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी, सुमित्रा थरुनी र योशादा लामा सरकारमा सहभागी हुने काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । देउवा गत जेठ २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







