६ भदौं, हेटौँडा । शेरबहादुर देउवाको मन्त्रीमण्डलमा पर्ने चर्चामा रहेकी नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्याय राज्यमन्त्रीमा पनि परिनन् । कांग्रेसकी केन्द्रीय सदस्य र यसअघि पनि राज्यमन्त्री भईसकेकी उपाध्याय देउवा प्यानलकै हुन् ।
देउवा प्रधानमन्त्री भएसंगै मन्त्री बन्ने चर्चामा रहेपनि विस्तारमा पर्न सकेकी थिईनन् । सोमबार कांग्रेस पार्टी कार्यालय मकवानपुरमा जम्मा भएका कांग्रेसजन पनि उनी राज्यमन्त्री हुने दावि गरिरहेका थिए । प्रभावशाली महिला नेतृ उनलाई राज्यमन्त्रीमा भएपनि ‘एड्जस्ट’ गर्ने चर्चा चलेको थियो । संसदको विभिन्न समितिमा सक्रिय उनी मंगलबार विस्तार भएको मन्त्रीमण्डमा समेत नअटेपछि यो पटक मन्त्रीमण्डलमा मकवानपुरको उपस्थिति शुन्य हुने भएको छ ।
यसअघि माओवादी केन्द्रका सांसद रामनारायण विडारी मन्त्री हुने भनिएकोमा उनी पनि मन्त्रीमण्डलमा अटेनन् । उनलाई सर्वोच्चले बरिष्ठ अधिवक्ताको उपाधी दिएको छ । यसअघि मकवानपुरबाट कांग्रेस जिल्ला सभापति समेत रहेका मकवानपुरका क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्री भएका थिए ।
मंगलबार विस्तार हुने मन्त्रीमण्डलका राज्यमन्त्रीहरुमा कांग्रेसकातर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशम्शेर राणा, नरबहादुर चन्द, तप्तबहादुर बिष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, दिलमान पाख्रिन, चम्पादेवी खड्का, सरिता प्रसाईँ, अम्मर सिंह पुन र तेजुलाल चौधरी छन् ।
त्यस्तै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी, सुमित्रा थरुनी र योशादा लामा सरकारमा सहभागी हुने काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । देउवा गत जेठ २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



