- ✍️ उत्सब चौलागाईं
बार्दलीको छेउ
घामको न्यानो तापेर
कपाल कोरेको सम्झन्छु
झ्यालको चौकसमा बसेर
मलाई कुरेको देख्छु ।
फेरि एकपटक फर्किएको छु
पुराना यादहरूमा ।
बिजुलीको खम्बामा टाँसिएर
हरेक दिन उभिन्थ्यौ तिमी
म जानी जानी ढिला आउँथेँ
तिमी मुस्कुराउँदै मेरो कान समाउँथ्यौ
कलेज ढिलो हुने बाहानामा
बाइक हुइक्क हुइक्याउँथेँ
तिमी डराएर मसँग लिपिक्क टाँसिन्थ्यौ
सायद ! मेरै नियत मात्र खराब थियो ।
हरेक दिन
हर साँझ
मैले गीत गाउँथेँ
मेरो कुममा टाउको बिसाएर तिमी
मायालु भएर
परिक्षा पछि... 'ल' भन्थ्यौ
तिम्रो परीक्षा नसकिँदै
छिमेकी लाहुर छुट्टीमा आउँदा
मेरो अङ्गालोमा कसेर
बेस्सरी रोएकी थियौ तिमी
म अवाक आँखाभरि तिमीलाई हेरिरहन्थेँ ।
प्रिय!
आज त्यही खम्बामा एक प्रेमीले
आत्महत्या गरेको देखेँ
र मैले बिर्सिएँ ती दिन ।
मलाई माफ गर
आब म नोस्टाल्जिक हुन सक्दिन ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






