Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफन मकवानपुरद्वारा बाख्रा र कुखुरा वितरण

FB_IMG_1626069340858-1626069484.jpg

भीमसेन पौडेल

२८असार,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन)मकवानपुरले बाख्रा वितरण गरेको छ।  

फेकोफन मकवानपुरले टीएफ परियोजनाको सहकार्यमा लकडाउनका कारण समस्यामा परेका जिल्लाक विभिन्न सामुदायिक वनका उपभोक्ताहरुलाई बाख्रा र कुखुरा वितरण गरेको छ ।सामुदायिक वन उपभोक्ता समूहमा रहेको गरिव, दलित, जनजाती र विपन्न बर्गका उपभोक्ताहरुलाई बाख्रा र कुखुरा वितरण गरेको महासंघ,मकवानपुरले जनाएको छ ।महासंघले स्थानीय महासंघ र सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरेर बाख्रा र कुखुरा वितरण गरेको हो । 

सोही क्रममा महासंघले स्थानीय महासंघ मकवानपुरगढीको समन्वयमा ४ जना उपभोक्तालाई बाख्रा र १ जना उपभोक्तालाई कुखुरा वितरण गरेको फेकोफन मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारीले बताए । महासंघले मनहरीमा पनि ४ जना उपभोक्तालाई बाख्रा र १ जना उपभोक्तालाई कुखुरा वितरण गरेको छ ।

त्यसैगरी महासंघले स्थानीय महासंघ हेटौडासँगको सहकार्यमा सोमवार हेटौडामा ५ जना उपभोक्तालाई बाख्रा वितरण गरेको छ ।हेटौडा–५ पिप्लेपोखरा सामुदायिक वनका २ चनौटा सामुदायिक वन हेटौडा–१९ का २ र हेटौडा–१ मा रहेको भैरबडाडाँ सामुदायिक वनका १ गरि ५ जना उपभोक्तालाई बाख्रा वितरण गरेको छ । महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाँईको अध्यक्षतामा भएको बाख्रा वितरण कार्यक्रममा महासंघ, मकवानपुरका कोषाध्यक्ष बलरामा अधिकारी, स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, महासंघकी सहजकर्ता अन्जली थापा, टीएफ परियोजनाकी प्रमिसा खनाल लगायतको  सहभागिता थियो।महासंघले लकडाउनका कारण समस्यामा परेका विभिन्न सामुदायिक वनका ५२ घरधुरीका उपभोक्ताहरुलाई राहत समेत वितरण गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार