तस्विरः प्रस्ट खबर
१४ भदौं, हेटौँडा । हेटौंडा खानेपानी बोर्डले हेटौैंडा उपमहानगरपालिका ४ र ५ लाई लक्षित गरी ५८ लाख रुपैयाको लागतमा डिप ट्युववेल सञ्चालनमा ल्याएको छ । डेढ बर्ष अघि पिप्लेमा निर्माण गरेको डिप ट्युववेलको पानीमा समस्या आएपछि खानेपनी बोर्डले गर्दोई स्थित लक्ष्मी आधारभुत विद्यालय संगै डिप ट्यूववेल सञ्चालनमा ल्याएको हो ।
बुधबार हेटौंडा ४ र ५ का वडा अध्यक्ष नविन सिग्देल र राजेश बाँनियाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । २०७३ साल मंसिर १६ गतेबाट निर्माण कार्य सुरु भएकोमा डिप ट्यूववेल, पालेघर निर्माण, मेन ट्रान्समिसन पाइपलाइन विस्तार, विद्युत लाइन जडान इत्यादी कार्य गरी ५८ लाख रुपैयाँको लागतमा सम्पन्न भएको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए ।
नयाँ डिप ट्यूववेल संचालन पश्चात पिप्ले, बाँनिया टोल, चिसापानी र गर्दोइे क्षेत्रमा दैनिक ६ देखी ७ लाख लिटर पानी थप वितरण हुने बोर्डले जनाएको छ । बोर्डले खानेपानीको व्यवस्थापन सम्हाले पश्चात दैनिक ५७ लाख लिटर उत्पादनमा पानी वृद्धि गर्न सफल भएको बेर्डका निमित्त कार्यकारी अधिकृत सुदर्शन ढकालले जानकारी दिए ।
बोर्डले नयाँ र पुरानो गरी १२ स्थानबाट १९ वटा पम्प र २ वटा सतहगत स्रोत संचालनमा ल्याई दैनिक १ करोड २७ लाख लिटर पानी वितरण गदै आएको छ । सेवा क्षेत्र भित्र १३ हजार १सय ३१ धाराहरुबाट दैनिक ६ देखि ७ घण्टा पानी वितरण गर्दे आइरहेको बोर्डले जनाएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















