१९ भदौं, हेटौंडा । हेटौँडा बजारमा सवारी जाम बढ्दै गएको भन्दै ईरिक्सा र अटो व्यवस्थापनका लागि व्यवसायीहरुले माग गरेका छन् ।
संयुक्त इरिक्सा तथा अटो व्यवसायी प्रचारप्रसार समितिले सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौँडा बजारको क्षमता भन्दा बढि ईरिक्सा र अटो रिक्सा भित्रदा बजारमा सवारी जामको अवस्था आएको र यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल अटो ईरिक्सा व्यवसायी संघका केन्द्रीय अध्यक्ष भीमप्रसाद गौतमले मकवानपुरमा १२ सय अटो र ६ सय मयुरी गुडिरहेको र अझै पनि आयातकर्ताले अटो र ईरिक्सा भित्र्याईरहेको भन्दै यसले बजारको सवारी आवागमनलाई अस्तव्यस्त बनाउने बताए । उनले यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायले बेलैमा काम नगरे हेटौँडामा पैदल यात्रीले सहज हिड्ने अवस्था समेत नआउने बताए ।
कार्यक्रममा अखिल नेपाल ईरिक्सा मजदुर संघ मकवानपुरका अध्यक्ष कृष्ण रेग्मीले मकवानपुरमा चितवनमा संचालनका लागि रुट परमिट लिएका अटो समेत संचालन भईरहेको भन्दै यसको नियमनका लागि उपमहानगरपालिका र ट्राफिक प्रहरीले चासो दिनुपर्नेमा जोड दिए । उनले ईरिक्सा र अटो विक्रेताले मुनाफाको प्रलोभन देखाएर ईरिक्सा र अटो विक्रि गर्ने गरेपनि अहिले संचालन गरिरहेकाहरुले गुजारा गर्न समस्या परेको दावि गरे ।
कार्यक्रममा उपमहानगरपालिकाले स्टिकरको व्यवस्था गर्ने र ट्राफिक प्रहरीले ईरिक्सा र अटोमा स्टिकर टाँसेर लगत लिने सहमति भएपनि कार्यान्वयन नभएको भन्दै आप्mना समस्याको सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी दिईएको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















