Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भ्रष्टाचारी र विचौलियालाई कारबाही गर्छु : प्रजिअ बुढा

21469500_1400605863358053-1504871236.jpg

तस्विरःप्रस्ट खबर

सुनिल शिवाकोटी
२३भदौ, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले  सेवाग्राहीले कुनै पनि सरकारी कार्यालयबाट सेवा लिदा कुनै  समस्या आएमा  र कर्मचारीहरुले सेवा प्रदान गर्न आनाकानी गरेमा कारबाही गरिने बताएका छन ।

हेटौँडाको शक्ति एफएमको आयोजना तथा सोडेक नेपालको सहकार्यमा सेवाग्रेही मैत्री सेवा प्रवाह, जिल्लामा भएका सरकारी कार्यालयहरुको प्रयास र सञ्चारकर्मीहरुको भुमिका विषयी अन्तरक्रिया कार्यक्रममा प्रजिअ बुढाले यसो बताएका हुन ।

सरकारी कार्यालयमा विचौलियाहरुको मनोमानी र उनीहरुबाट  भ्रष्टाचार  हुने गरेको छ भन्ने पत्रकारको प्रश्नमा प्रजिअ बुढाले मकवानपुरका सरकारी कार्यालयमा विचौलियाहरुबाट सेवाग्राहीलाई कुनै समस्या आएमा र भ्रष्टाचार  हुनेगरेको ठहरीएमा कारबाही समेत गरिने बताए छन । साथै उनले कार्यालयको सेवा सञ्चालनमा कुनै समस्या आएमा, आफुलाई जानकारी गराउन  अनुरोध गर्दै त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्ने बताए । 

कार्यक्रममा नारायणी यातायात ब्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईले दशै र तिहारमा नारायणी यातायात ब्यवसायी संघमा दर्ता भएको यात्रुवाहक सवारीसाधनले तोकेको भन्दा बढी भाडा लिए यस्ता सवारी साधनलाई  कारबाही गरिने बताएका छन् । 

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमगाईले केहि सरकारी कार्यालयमा अघिल्लो बर्षको तुलनामा सेवा प्रदान गर्दा केही सुधार आएको तर विभिन्न निकायबाट बेला बखत सेवाग्राही मारमा पर्ने गरेको बताए साथै अध्यक्ष हुँमगाईले  अझ पनि केही सरकारी कार्यालयमा  भ्रष्टाचार हुने गरेको बताउदै समाधान हुनु पर्नेमा जोड दिए छन भने यस कार्यका लागी पत्रकार महासंघ हरदम लागिपर्ने बताए  । 

कार्यक्रममा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नारायण शर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रवन्धक भिम तिमल्सिना, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, हेटौडा अस्पतालका अध्यक्ष रमेश गिरि, विभिन्न सरकारी कार्यालयका कार्यलय प्रमुखहरुले कार्यलयको अवस्था र कार्यालयले प्रदान गर्ने सेवाको बारेमा  मन्तब्य ब्यक्त गरेका थिए भने सहभागीहरुले सञ्चारकर्मीहरु तथा  गैरसरकारी सस्थाका प्रतिनिधिहरुले सोधेको प्रश्नको जवाव दिएका थिए ।

21443066_1400605893358050-1504871236.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार