३० साउन, हेटौँडा । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने माओवादी मन्त्रीको सूचिमा मकवानपुरका सभासद् रामनारायण विडारी अटेनन् । माओवादीले आफुले पाएको ८ मन्त्रालयमा मन्त्री हुनेमा उनको नाम नअटेको हो ।
तीन मन्त्रीको यसअघि नै सपथग्रहण भएको छ भने बाँकी पाँचको सूचि तयार भएको थिएन । यसअघि उपप्रधान तथा अर्थ मन्त्री कृष्ण महरा, युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली र गौरीशंकर चौधरी कृषि मन्त्री भईसकेका छन् । आइतबार भएको छलफलबाट पाँच मन्त्रीको करिव टुंगो लागेको जनाईएको छ । विडारीलाई कानूनमन्त्री बनाउने चर्चा बाहिर आएपनि अन्तिममा आएर कानून मन्त्रीमा सिराहाबाट समानुपातिक सांसद अजय शंकर नायकको नाम बाहिर आएको छ । यसअघि प्रभु साहको नाम आएपनि उनले स्थानीय विकास मन्त्रालयमा दावि गरेका थिए । माग अनुसारको मन्त्रालय नपाएपछि उनको नाम सूचिबाट हटाईएको छ ।
दाहालले धनिराम पौडेललाई शिक्षा, हितराज पाण्डेलाई स्थानीय विकास, राम कार्कीलाई सञ्चार र जनार्दन शर्मालाई उर्जा मन्त्रीमा पठाउने करिव टुंगो लागेको जनाईएको छ । माओवादी केन्द्रले केहीलाई राज्यमन्त्री बनाउने चर्चा समेत चलिरहेको छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका दाहालले काँग्रेसले मन्त्रीहरुको नाम नदिएपछि आफ्नो कोटाका मन्त्रीहरुलाई सपथग्रहण गराउने तयारी गरिरहेका छन् ।
३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...
३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...
३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...
३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...
३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...
३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...
३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । बैठकमा सार्वजनिक...
३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...
३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...