२३ भदौ, हेटौंडा । सिमान्तकृत चेपाङ समुदायले आफनो संस्कृती र पहिचान जोगाउने उद्धेश्यले मंगलवार मकवानपुरको राक्सिराङको चैनपुरमा सामुहिक रुपमा छोनाम (न्वागी) पर्व मनाएका छन् ।
विगतमा घर÷घरमा मनाउदै आइएको न्वागी पर्व यो वर्ष भने नेपाल चेपाङ संघले राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा साँस्कृतिक कार्यक्रमसहित न्वागी पर्व मनाएका हुन् । कोरोनाको कारणले गत वर्ष चेपाङहरुले सामुहिक रुपमा न्वागी पर्व मनाएनन् । चेपाङ समुदायको सवैभन्दा महत्वपुर्ण र ठुलो धार्मिक पुजा छोनाम (न्वागी) पर्व भदौ २२ गते मनाउने गर्छन । कार्यक्रमको प्रदेश सभा सदस्य एवं पूर्वगृह राज्यमन्त्री ईन्द्रवहादुर बानियाँले मंगलवार वेलुका चेपाङको एक पाखे ढ्याङग्रो ठोकेर उद्घाटन गरेका थिए । पर्वको शुभकामना दिंदै प्रदेश सभा सदस्य वानियाँले भाषा र संस्कृतिले जातजातीहरुको संरक्षण गर्ने वताए । संस्कृति वाचेमात्र जातजातीहरु वाचिरहने उनले तर्क गरे । न्वागी पर्व सम्पन्न गर्नका लागि वानियाँले ५० हजार रुपैंया उपलब्ध गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी वानियाँले चेपाङ भाषा तयार गर्न लागेको फिल्मको शुभमुहर्तमा नरिवल फोडेका थिए । राक्सिराङ गाउँपालिका चेपाङ संघका अध्यक्ष सोमलाल चेपाङको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्रदेश सभा सदष्य सन्तवहादुर चेपाङ, गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललगायत चेपाङ समुदायका अगुवाहरुले न्वागी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । नेपाल चेपाङ संघको सक्रियतामा आयोजना गरिएको न्वागी पर्वमा सहभागी भएका चेपाङलगायत गैर चेपाङहरुलाई चेपाङ समुदायका अगुवा गायक रविन चेपाङले चेपाङ भाषाको गीतले स्वागत गरेका थिए । मकवानपुर,चितवन र धादिङका अगुवा चेपाङहरुको उक्त कार्यक्रम सहभागीता थियो । अधिकांश चेपाङ अगुवाहरुले न्वागीको दिन सरकारले सार्वजनिक विदा नदिएकोमा चेपाङ समुदायका अगुवाहरुले आक्रोश पोखेका थिए ।
२०६८ सालको जनगणना अनुसार मुलुकमा ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या रहेको छ । मकवानपुरमा ९ हजार ७ सय ७८ पुरुष र ९ हजार ३ सय ७४ महिलासहित १९ हजार १ स ५२ जना चेपाङको वसोवास छ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















