तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर
३१ भदौ, हेटौँडा । प्रचारप्रसारका लागि देश दौडाहमा रहेको चलचित्र छक्का पञ्जा–२ को टोली हेटौडामा आईपुगेको छ । पूर्व झापाबाट प्रचारप्रसार सुरु गर्दै विर्तामोड, दमक र इटहरी हुँदै हेटौंडा आइपुगेको टोलीले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रबारे जानकारी दिएको छ । चलचित्रका निर्देशक दिपाश्री निरौलाले पत्रकार सम्मेलन मार्फत छक्का पञ्जाको सफलता लाई कायम राख्न छक्का पञ्जा–२ निर्माण गरेको बताईन । त्यसैगरी चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले वैदेशिक रोजगारले निम्त्याएको समस्यालाई चलचित्रमा उतारिएको बताए । उनले पहिलो संस्करण जस्तै कथा भएपनि अरुले उठाउन नसकेका मुद्धालाई अजागर गरी चलचित्र निर्माण गरिएको बताए । पत्रकार सम्मेलनमा निर्माता एंव कलाकार जितु नेपाल तथा माग्ने बुढाले छक्का पञ्जाको कथालाई दर्शकले रुचाए जस्तै छक्का पञ्जा–२ लाई पनि धेरै दर्शकले रुचाउने विश्वास ब्यक्त गरका थिए । त्यसैगरी कलाकारद्वय प्रियंका कार्की र बर्षा राउतले पत्रकारले चलचित्रको बारेमा गरेको प्रश्नको जवाफ दिएका थिए ।
पोखराको हेम्जा, पाल्पा र काभ्रेका विभिन्न क्षेत्रमा छायाँकन गरिएको चलचित्र १ करोड ५० लाखको लागतमा निर्माण गरिएको र चलचित्र आगामी असोज ११ गते फूलपातीका दिनदेखि देशभरका हलबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण पक्षले जनाएको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र मर्हजन,नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



