२ असोज, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति दोस्रो पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी होडमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् ।
मंगलबार हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको खेल मैदानमा उपाधीका लागि नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबको टिमबीच फाइनल खेल हुनेछ । सोमबार भएको सेमीफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै नेपाल आर्मी क्लब फाइनल प्रवेश गरेको हो भने आयोजक मकवानपुरलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा नेपाल आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २६–२४, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो ।
यस्तै दोस्रो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लबले आयोजक मकवानपुरलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा पराजित गर्यो । प्रतियोगिताको उपाधी विजेताले २ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैया नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो स्थानका लागि आयोजक मकवानपुर र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच खेल हुनेछ । तेस्रो हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने चौथो हुने टिमले सान्त्वना स्वरुप २५ हजार रुपैया प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट विधागत पुरस्कार समेत प्रदान गरिनेछ । ८ टिमको सहभागिता रहेको प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा–१९, बस्तीपुरको संयुक्त आयोजनामा भएको हो ।
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...


















