३ असोज, हेटौंडा । संविधान कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्नेमा मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् ।
संबिधान दिबसको अबसरमा मंगलबार जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका वक्ताहरुले जनताको बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनमा सबै एक जुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै मकवानपुर ३ नं. क्षेत्रका सांसद अनन्त पौडेलले नेपालको नयाँ संविधान उत्कृष्ट हुँदाहुँदै पनि अस्थिरता रोप्ने ठाउँ भने अझै बाँकी रहेको बताए । उनले प्रत्यक्ष कार्यकारीको व्यवस्था संविधानलले नगरेसम्म देशमा स्थिरता आउन नसक्ने बताए ।
हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामाले संविधान कार्यन्वयन गर्ने जिम्मेवारी जनप्रतिनिधिहरुको काँधमा आएको भन्दै यसको सफल कार्यान्वयनका लागि आफूहरु लागि पर्ने बताईन् ।
कार्यक्रममा नेपाली काँग्रेसका सल्लाहकार अशोक शाक्य, नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, माओवादी केन्द्रका कमानसिं पाख्रिन, प्रमख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला समन्वय समितिका संयोजक रघुनाथ ख्लालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसअघि हेटौडाको सिमाचोकबाट प्रभातफेरीको ¥याली निकालिएको थियो । ¥यालीमा राजनीतिकदलका प्रतिनिधि, पत्रकार सरकारी कार्यालयका कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधि आदिको सहभागिता रहेको थियो । साँझ हेटौडाको बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ ।
यस्तै, हेटौँडा–७ नागस्वतिमा पनि वडा कार्यालयको आयोजनामा दिप प्रज्वलन भएको छ । कार्यक्रममा वडा अध्यक्ष राजन थापा, मकवानपुर उद्योग संघका अध्यक्ष नवराज अर्याल लगायतको सहभागिता रहेको थियो ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



