३२ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सरकारको निर्णय अनुसार नगरमा प्लाष्टिक र पोलिप्रोपोलिन झोला प्रतिवन्धको तयारी गरेको छ । यसअघि कालो रङको प्लाष्टिक झोला प्रतिवन्ध गरेको उपमहानगरपालिकाले सरकारले साउन १ गतेदेखि प्लाष्टिक र पोलिप्रोपोलिनको झोला प्रतिवन्ध गर्न निर्देशन गरेपछि तयारी थालेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र जनसंख्या तथा वातावरण मन्त्रालयबाट मानव स्वास्थ्य, वातावरण र शहरी सौन्दर्यतामा प्रतिकुल असर पार्ने प्लाष्टिक र पोलिप्रोपोलिन झोला साउन १ गतेदेखि आयात, निर्यात र वितरणमा पूर्ण रुपमा बन्देज गराउने निर्णय भएको छ । सरकारको निर्णय कार्यान्वयनको तयारीका लागि उपमहानगरपालिकाले मंगलबार सरोकारवालाहरुसँग छलफल गरेको छ । छलफलमा सहभागीहरुले प्लाष्टिकको झोला स्वास्थ्य र नगरको सौन्दर्यको दृष्टिकोणले प्रतिकुल रहेकाले प्रतिवन्ध गर्नुपर्ने बताए । उनीहरुले एक्कासी प्रतिवन्ध गर्दा कार्यान्वयनमा समस्या पर्ने भएकाले प्रचारप्रसार र विकल्पबारे जानकारी दिंदै अघि बढ्नुपर्नेमा जोड दिए ।
छलफलले प्लाष्टिक र पोलिप्रोपोलिनको झोला प्रयोग नगर्न संचारमाध्यम, माईकिङ लगायतका माध्यमबाट नगरबासीलाई सचेत गराउने काम नगरपालिकाले गर्ने, यस्ता सामग्रीको स्टक, वितरण लगायतको बस्तुस्थितिबारे तथ्यांक ल्याउन मकवानपुर उद्योग बाणिज्य संघले सहयोग गर्ने र विकल्पको बारेमा अध्ययन गर्न नगरपालिकाका प्रवन्धक विके महर्जनको संयोजकत्वमा ७ सदस्यीय समिति बनाउने निर्णय गरेको छ । समितिमा घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर उद्योग बाणिज्य संघ, उद्योग संघ, उपभोक्तावादी संस्था, नेपाल पत्रकार महासंघ लगायत सदस्य रहने छन् ।
कार्यक्रममा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्याय, शहरी विकास अनुसन्धान तथा वातावरण महाशाखाका प्रवन्धक विके महर्जन, सामाजिक विकास महाशाखाका प्रवन्धक भीमप्रसाद तिमल्सिना, मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष मनोज जालान, जिल्ला प्रशासनका केशवप्रसाद ढोडारी, उपभोक्तावादी संस्था, टोल विकास संस्था, माछामासु व्यवसायी, तयारी पोशाक व्यवसायी, नागरिक समाज, पत्रकार लगायतको सहभागी रहेको थियो ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















