३२ साउन, काठमाडौं । मतदाता नामावलीबारे विवादका कारण लम्बिएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा बुधबार मतदान हुने भएको छ । नेविसंघको चुनावी प्रक्रिया मंगलबार शुरु भएकाले बुधबार मतदान हुने भएको हो ।
निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । उम्मेदवारको पहिलो नामावली प्रकाशन दिउँसो २ बजे हुनेछ । दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय रहने छ भने उम्मेदवारको नामावली दोस्रो पटक साढे ३ बजे प्रकाशन गरिनेछ । उम्मेदवारको मनोनयन पत्रमा दावी विरोधका लागि दिउँसो ३ देखि साढे ३ बजेसम्मको समय तोकिएको छ । दावी विरोध उपर जाँचबुझपछिको उम्मेदवारीको नामावली प्रकाशन अपरान्ह ४ बजे हुनेछ । उम्मेदवारीको नाम फिर्ताका लागि अपराह्न साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ साढे ६ बजे हुनेछ ।
कार्यतालिका अनुसार बुधबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ । मतदानका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी नगर तय गरिएको छ । महाधिवेशन साउन २३ गतेबाट शुरु भएको थियो ।
अध्यक्षमा ८ जनाको उम्मेदवारी
नेविसंघको नेतृत्वका लागि ८ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि नैनसिंह महर, मनोजमणी आचार्य, शुभराम बस्नेत, नगेन्द्रसिंह ठकुरी, बच्चन कार्की, आनन्द त्रिपाठी , लक्ष्मण आचार्य र पदमराज पन्तले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । एक अध्यक्ष, ११ उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना सदस्यका लागि निर्वाचन हुने छ । नेविसंघको नयाँ बिधानअनुसार, १ सय ५१ सदस्यीय केन्द्रीय कमिटिमा १ सय २९ पदका लागि निर्वाचन हुनेछ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















