Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेविसंघको मतदान बुधबार

Nebi-Sangh-1471339720.jpg

३२ साउन, काठमाडौं ।  मतदाता नामावलीबारे विवादका कारण लम्बिएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा बुधबार मतदान हुने भएको छ । नेविसंघको चुनावी प्रक्रिया मंगलबार शुरु भएकाले बुधबार मतदान हुने भएको हो ।
निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।  उम्मेदवारको पहिलो नामावली प्रकाशन दिउँसो २ बजे हुनेछ । दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय रहने छ भने उम्मेदवारको नामावली दोस्रो पटक साढे ३ बजे प्रकाशन गरिनेछ । उम्मेदवारको मनोनयन पत्रमा दावी विरोधका लागि दिउँसो ३ देखि साढे ३ बजेसम्मको समय तोकिएको छ । दावी विरोध उपर जाँचबुझपछिको उम्मेदवारीको नामावली प्रकाशन अपरान्ह ४ बजे हुनेछ । उम्मेदवारीको नाम फिर्ताका लागि अपराह्न साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ साढे ६ बजे हुनेछ ।
कार्यतालिका अनुसार बुधबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ । मतदानका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी नगर तय गरिएको छ । महाधिवेशन साउन २३ गतेबाट शुरु भएको थियो ।
अध्यक्षमा ८ जनाको उम्मेदवारी
नेविसंघको नेतृत्वका लागि ८ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि नैनसिंह महर, मनोजमणी आचार्य, शुभराम बस्नेत, नगेन्द्रसिंह ठकुरी, बच्चन कार्की, आनन्द त्रिपाठी , लक्ष्मण आचार्य र पदमराज पन्तले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएको  निर्वाचन समितिले जनाएको छ । एक अध्यक्ष, ११ उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना सदस्यका लागि निर्वाचन हुने छ । नेविसंघको नयाँ बिधानअनुसार, १ सय ५१ सदस्यीय केन्द्रीय कमिटिमा १ सय २९ पदका लागि निर्वाचन हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार