Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रहरी चौकीद्वारा सुरक्षाबारे छलफल

police-1505992899.jpg

५ असोज, चौघडा । हेटौँडा–६ मा रहेको प्रहरी चौकी चौघडाले चाडपर्वलाई लक्षित गरी सुरक्षा रणनीतिबारे विहिबार सरोकारवालाहरुसँग छलफल गरेको छ । विजया दशमी, शुभ दिपावली र छठको अवसरमा शुभकामना आदानप्रदानसहित चाडपर्व लक्षित सुरक्षा रणनीतिबारे छलफल गरेको हो । 
कार्यक्रममा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्तबहादुर कुमालले चाडपर्वमा हुनसक्ने सुरक्षा चुनौति र सामनाका रणनीतिबारे अवगत गराएका थिए । उनले चाडपर्वको समयमा मादकपदार्थ एवं लागुऔषध सेवन, सवारी दुर्घटना, चोरी, लुटपाट जस्ताका घटना बढि हुने भएकाले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सूचना उपलव्ध गराईदिन आग्रह गरे । उनले चाडपर्व रणनीति अनुसार प्रहरी परिचालनमा प्रतिवद्ध रहेको भन्दै नागरिक समाजबाट पनि आप्mनो क्षेत्रमा हुने सुरक्षा चुनौतिबारे समयमै प्रहरीलाई अवगत गराउन आग्रह गरेका थिए । 
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुरगढी वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिन र वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिनाले सुरक्षा व्यवस्था कायम गर्न प्रहरीलाई सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा चौकीको कार्यक्षेत्र रहेको हेटौँडा–६ र मकवानपुरगढीका राजनीतिक दल, सामाजिक संघसंस्था, विद्यालय, शैक्षिक एवं वित्तिय क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार