Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अबको चुनावमा माओवादी शक्तिशाली तेस्रो : प्रचण्ड

Prachanda-Photo2-1506048637.jpg

६ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी आगामी प्रदेश र संघीय चुनावमा शक्तिशाली तेस्रो पार्टी बन्ने बताएका छन् । 
हेटौँडामा संचारकर्मीहरुसँग कुरा गर्दै केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटका कारण अहिले नै देशको पहिलो पार्टी बन्ने अवस्था नरहेको भन्दै आगामी चुनावमा शक्तिशाली तेस्रो बन्ने बताएका हुन् । माओवादी केन्द्रको वरीपरी चौथो शक्ति आई नपुग्ने गरी तेस्रो हुने प्रचण्डको दावि छ । उनले सरकार र राज्य संचालमा माओवादी केन्द्रको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे । 
उनले नेपालको निर्वाचन प्रणाली दुई नम्बरीले मात्रै चुनाव लड्न सक्ने खालको भएको बताए । वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै सामान्य र मध्यम वर्गले चुनाव लड्न सक्ने अवस्था नरहेको बताए । पूँजीपति वा दुई नम्बरीले मात्रै चुनाव लड्ने/लडाउने अवस्था रहेको भन्दै यसलाई परिवर्तन गर्नु जरुरी रहेको धारणा प्रचण्डको थियो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्था हुनुपर्नेमा उनको जोड थियो । 
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले आफ्नो प्रयासमा अहिले तराईमा असन्तुष्ट पक्षको सहभागितामा स्थानीय निर्वाचन सम्पन्न भएको भन्दै तराई मधेशका जनताले मतदानमा देखाएको सहभागिताले आफुलाई गौरव महसुस भएको बताए । 
रुपन्देहीको कार्यक्रम विहिबार सकेर काठमाण्डौं जान लागेका प्रचण्ड मौसम प्रतिकुलताका कारण हवाई उडान सम्भव नभएपछि हेटौँडा आईपुगेका हुन् । उनले शुक्रबार विहान पार्टीका नेता कार्यकर्तासँग हेटौँडा गर्दोहीस्थित पार्टी कार्यालयमा भेटघाट पनि गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार