१ भदौ, हेटौंडा । नयाँ शक्ति नेपाल मकवानपुरले आय व्यय सार्वजनिक गर्न माग गर्दै बुधबार मकवानपुरका स्थानिय निकायमा ज्ञापन पत्र बुझाएको छ । पार्टी संयोजक प्रल्हाद लामिछानेको नेतृत्वमा र्यालीसहित पुगेको टोलीले जिल्ला विकास समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकामा १५ दिनभित्र आयव्यय सार्वजनिक गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
टोलीले जिल्ला विकास समितिको कार्यालय मकवानपुरका निमित्त स्थानिय विकास अधिकारी निर्मल प्याकुरेललाई आर्थिक वर्ष ०५९/६० देखि ०७२/७३ सम्मको आयव्यय १५ दिन भित्र सार्वजनिक गर्न माग गर्दै ज्ञापन बुझायो । ज्ञापन पत्र बुझ्दै प्याकुरेलले आफुहरुले छिटो भन्दा छिटो माग गरेको सुचना विवरण सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफुहरुले विभिन्न समयमा सूचना सार्वजनिक गरिरहेको दावि गर्दै नयाँ शक्तिको माग अनुसार फेरि पनि सार्वजनिक गर्न जिविस तयार रहेको बताए ।
टोलीले हेटौंडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकर प्रसाद उपाध्यायलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा माग गरिएको सुचना २०६४ सालसम्म हस्तलिखित भएकोले केहि समय लाग्ने र बाँकी वर्षका सूचना छिटै दिने प्रबन्धक विके महर्जनले बताए । कार्यक्रममा निमित्त कार्यकारी अधिकृत उपाध्यायले स्थानिय निकाय श्रोत परिचालन कार्यविधि अनुसार सञ्चालन भएको स्थानिय निकायको जानकारी गराउँदै माग अनुसारको सुचना जति सक्दो छिटो सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे । हेटौंडामा सहसंयोजक ज्योति रायमाझि, विवेक वाइवा, जीवन मोक्तान लगायत जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।
थाहामा पनि ज्ञापन
कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका कार्यालयमा पनि आयव्यय माग गर्दै ज्ञापन पत्र बुझाइएको नयाँ शक्ति नेपाल थाहा नगर संयोजक सुजन रायमाझिले बताए । रायमाझिले थाहा नगर पालिका कार्यालयका प्रमुख भिम परियारलाई ज्ञापन पत्र बुझाएको बताए । कार्यक्रममा नगरपालिकाको तर्फबाट अनिल लामिछाने तथा नयाँ शक्तिका २ नम्बर क्षेत्र संयोजक इन्द्र श्रेष्ठ, किसन रायमाझी लगायतको सहभागिता रहेको थियो । २०५९ सालदेखि प्रतिनिधिविहिन हुँदा अराजगता बढेको र अपारदर्शिताको विषय उठिरहेकाले अभिया नेपालको संविधान २०७२, भाग ३ को धारा २७ मा रहको मौलिक अधिकार अन्तर्गत सूचना मागिएको संयोजक लामिछानेको भनाई छ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















