Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

दिव्यतारामा पुनः डिना

Dina-1503395589-1506257929.jpg

८ असोज, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन : महालक्ष्मी उपाध्याय डीना चयन भएकी छिन् । आईतबार हेटौंडामा भएको सहकारीको १९ औँ बार्षिक साधारणसभा एवम् अधिवेशनले डीनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । 
सहकारीको उपाध्यक्षमा डा. गणेश लामा बल, सचिवमा गणेशप्रसाद भेटवाल, कोषाध्यक्षमा ईश्वर पण्डित, सहसचिवमा कमल दुलाल तथा सदस्यमा लक्ष्मी श्रेष्ठ, आनन्दराम पराजुली, निलम देवकोटा, शर्मीला डंगोल, बालगोपाल कँडेल, कृष्णराम न्यौपाने र राजु घले रहेका छन् । यस्तै लेखा समिति संयोजकमा प्रकाश खतिवडा तथा सदस्यमा सुनिता हाडा र राजकुमार न्यौपाने चयन भएका छन् ।
यसअघि, साधारणसभाको अवसरमा दुईजनालाई जागरुक महिला सम्मान प्रदान गरिएको छ । साधारण सभामा साहित्यकार बबी थापा र महिला उद्यमी सुन्दिरा श्रेष्ठलाइ सम्मान गरिएको हो । साहित्य एवम् उद्यममको माध्यमबाट समाज परिवर्तनमा कार्य गरेको र जागरुक महिलाको रुपमा अघि बढेका भन्दै जनही ५ हजार रुपियाँसहित थापा र श्रेष्ठलाई सम्मान गरेको हो । एसईई परीक्षामा उत्कृष्ट ल्याएका अनुराज गौतम, प्रिन्सा उप्रेती, खुसी बानियाँ र पुष्पराज बर्तौला, ज्येष्ठ शेयर सदस्यको रुपमा मेघनाथ बर्तौला र शिवकुमारीलाई सम्मान गरेको छ ।

असल बचतकर्तामा सुष्मा दुवाडी, खुत्रुके बचतमा जोत्सना श्रेष्ठ र डुसाङ स्याङ्तान, कर्जा सही सदुपयोग गर्ने सदस्यको रुपमा किसनकुमार महाजु, दैनिक बचतमा मछिन्द्रनाथ ढुङ्गाना, सबै भन्दा बढी कारोबार गर्नेमा गणेशप्रसाद भेटवाल र उत्कृष्ट बजार प्रतिनिधीको रुपमा शोभा अधिकारीलाई सम्मान गरिएको हो । सहकारीले पहिलो पटक आयोजना गरेको अन्तर सहकारी नकाउट फुटसल प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार