Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको राक्सिराङ र कैलाशमा न्यानो कपडा वितरण

271600628_290008259823847-1641559870.jpg

२३ पुस, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मकवानपुरको बिकट राक्सिराङ र कैलाश गाउँपालिकामा ८ सय जनालाई न्यानो कपडा बितरण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले राक्सिराङ र कैलाश गाउँपालिकाका अतिविपन्न चेपाङ र दलित समुदायका बालबालिका, जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरेका हुन् ।
राक्सिराङ गाउँपालिकाको वडा नम्बर २ कुडुलेको प्रजा प्रगति आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा एक सय ५० बालबालिकालाई ज्याकेट, २ सय जेष्ठ नागरिकलाई कम्बल र ५० जना एकल महिलालाई पछ्यौरा वितरण गरिएको हो ।
यस्तै, कैलाश गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा १ सय ५० बालबालिकालाई ज्याकेट, २ सय जेष्ठ नागरिकलाई कम्बल र ५० जना एकल महिलालाई पछ्यौरा वितरण गरिएको हो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुकमाया थिङ, राक्सिराङकी उपाध्यक्ष निर्मला हिमडुङ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, पुरानो नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाई, औषधि व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठ, प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मकवानपुरका उप अनुसन्धान निर्देशक पप्पु शर्मा, सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेस श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिलाई विभिन्न दाताबाट प्राप्त भएको १ सय थान न्यानो पछ्यौरा, ३ सय थान ज्याकेट र ४ सय थान कम्बल वितरण गरिएको हो ।

 

271602090_290008236490516-1641559870.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार