२६ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा राक्सीराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई सोमबार न्यानो कपडा (कम्वल) वितरण गरिएको छ ।
स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित विकट राक्सीराङ गाउँपालिका ४ रतुवाका ४ सय ७५ घरपरिवारलाई सोमबार न्यानो कपडा वितरण गरिएको हो ।
कांग्रेस राक्सीराङ गाउँपालिका ४ का वडा सभापति विकास ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बानियाँले रतुवाका ४ सय ७५ घरपरिवार र राक्सीराङकै सुर्योदय माविको छात्रावासका विद्यार्थीहरुलाई ४० थान न्यानो कपडा कम्वल वितरण गरेका हुन् ।
यस्तै बाँकी १ सय ८५ थान न्यानो कपडा अवस्था हेरेर स्थानीयलाई वितरण गर्न कांग्रेस राक्सीराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बालाई हस्तान्तरण गरिएको छ ।
उक्त अवसरमा बोल्दै नेता बानियाँले आफूले निर्वाचन जितेर गएपछि यसभेगका जनतालाई सहयोग गरिरहेको र भोलिका दिनमासमेत दिलोज्यान दिएर जनताको सेवामा लागिरहने प्रतिवद्दता व्यक्त गरे । अघिल्लो वर्षहरुमा समेत जाडोमा न्यानो कपडा, कोरोना समय र चाडबाडमा खाद्यान्न वितरण गरेकोले यसवर्ष पनि जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य चेपाङ तथा तामाङ बस्तीमा थोरै भएपनि राहात पुग्ने भएकाले न्यानो कपडा वितरण गरिएको नेता बानियाँले बताए ।
नेता बानियाँले आफूले निर्वाचित भएर गएपछि यस क्षेत्रका सडक, बाटोहरुमा बजेट हालेर काम गरिरहेको बताउँदै मनहरीबाट परेवाभिर हुँदै मलेखु जोड्ने सडक निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेकाले चाँडै नै स्थानीय जनताले आफ्ना बारीमा उब्जनी भएका तरकारी खाद्यान्न बजारम्म पु¥याएर जिविकोपार्जन गर्न सहज हुने विश्वास व्यक्त गरे ।
न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ का संघीय सभापति लोक मोक्तान, काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कबिर शर्मा, महाधिबेशन प्रतिनिधि उपेन्द्र कार्की, कांग्रेसका जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, जिल्ला सदस्य एवं राक्सीराङ ८ का वडाअध्यक्ष रामकृष्ण प्रजा, राक्सीराङ गाउँपालिका सभापति बिरेन्द्र जिम्बा, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सीराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, राक्सीराङ गाउँपालिका ४ का तरुण सभापति हिरालाल भ्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



