Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आज विजयादशमी, मान्यजनबाट टीका, जमरा ग्रहण मनाइँदै

Badadashai-1506735047.jpg

१४ असोज, हेटौँडा । आज दसैंको मुख्य दिन अर्थात विजयादशमी । मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदैछ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 
दसैँ घर तथा पूजा कोठामा घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रुपमा टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । 
आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका, जमरा र आशीर्वाद थाप्न मान्यजनकहाँ जाने गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतीक मानिने रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास पनि छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार