Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो थाहा संचारको बार्षिक उत्सव: हेटौंडा देखी शिखरकटेरी सम्म साइकल र्‍याली

Screenshot_20220213-09543-1644727727.jpg

१ फागुन,हेटौंडा। रेडियो थाहासंचारको १४ औँ बार्षिक उत्सवको साता व्यापी  विभिन्न कार्यक्रम आजबाट शुरु भएको छ। 

१४ औँ बार्षीक उत्सवको साताव्यापि कार्यक्रम अन्तर्गत आइतबार 'पर्यावरण प्रवर्द्धनमा साइकल र्‍याली' नारा सहित साइकल र्‍यालीको आयोजना गरिएको छ । हेटौंडा-४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणबाट शुरु भएको र्‍याली सानोपोखरा,क्याम्पाडाँडा,न्युरेनी,चौघडा,चुच्चेखोला,सालक पार्क हुदै मकवानपुर गढीगाउँपालिका -२ शिखरकटेरीमा पुगेर समापन भएको थियो । र्‍यालीमा २० जना राइडर्सहरूको सहभागीता रहेको थियो। कार्यक्रमको रेडियोका प्रबन्ध निर्देशक अरुण राज सुमार्गीले शुरुवात गरेका थिए। 

र्‍यालीमा सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वन तथा वातावरण मन्त्री रेडियो थाहासंचारले पर्यावरण प्रवर्द्धनमा अभियानमा रेडियोले आयोजना गरेको साइकल र्‍यालीको  प्रशंसा गरेका थिए।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल,हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,मकवानपुरगढी-२ का वडाध्यक्ष वखान सिंह पाख्रिन, चुच्चेखोला सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष अर्जुन दाहाल,पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक नेत्र बहादुर कार्की,राइडर्स क्लब मकवानपुरका संस्थागत अध्यक्ष दिपेन्द्र चन्द्र ठकुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक हरी बहादुर क्षेत्री पाण्डे संचारकर्मीहरु सहभागिता रहेको थियो।

वार्षिक उत्सवको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत फागुन २  गते हेटौंडा मुख्यचोकमा रक्तदान कार्यक्रमको आयोजन गरिने रेडियोका स्टेसन म्यानेजर मणिराज गौतमले बताए। रेडियोले प्रत्यक बर्ष साता व्यापी कार्यक्रमको आयोजन गरी बार्षिक उत्सव मनाउदै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार