Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

झरना साहित्यिक परिवारले फागुन २७ र २८ गते साहित्य महोत्सव गर्ने

273531879_640001770586460-1644843129.jpg

२ फागुन, हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक मकवानपुरले बकैया गाउँपालिका यहि फागुन २७ र २८ गते बकैया कला–साहित्य महोत्सव–२०७८ गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बकैया—३, हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र बकैया गाउँपालिकाको सभाहलमा हुने साहित्य महोत्सवको बारेमा जानकारी गराइएको छ ।
२०५० साल फागुन १२ गते तत्कालीन छतिवन गाविसमा स्थापना भएको झरना साहित्यीक परिवारले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आएकोमा पछिल्ला दुई वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आएको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
अध्यक्ष गौतमले यसै वर्षबाट स्थानीय कला संस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गर्न लागेको बताए । दुई दिवसीय महोत्सवका क्रममा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरूका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खैँजडी भजन, तामाङ, माझी, राईलगायतका जनजातिका कला संस्कृतिको प्रस्तुतिका साथै छिमेकी जिल्लाका कलाकारको विशेष प्रस्तुति समेत गरिने आयोजकले जनाएको छ ।
साथै, स्थानीय कलाकारका विविध कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी गरिने साथै  बहसमूलक कार्यक्रम र कार्यपत्र प्रस्तुतिसमेत गरिने संस्थाका सचिब मसान उपासकले जानकारी दिए । उनले उक्त महोत्सवमा देशभरबाट करिब ५० जना साहित्यकार, गायक र बकैया गाउँपालिकाका राजनीतिक सामाजिक अगुवासहित करिब ५०० जनाको उपस्थिति रहने अपेक्षा गरेको बताए ।
महोत्सवका क्रममा नगद रु. २१,१२१ र सम्मानपत्रसहित होमनाथ टीकामाया प्रतिभा सम्मान–२०७८  बाट अग्रज साहित्यकार एवम् प्राज्ञ डा. देवी नेपाल (भक्तपुर), नगद रु. १५,५५५ र सम्मानपत्रसहित शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७८ बाट अग्रज मुक्तककार वियोगी बुढाथोकी (काठमाडौँ), नगद रु. १५,५५५ र सम्मानपत्रसहित बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान–२०७८ बाट अग्रज साहित्यकार आर. सी. रिजाल (मकवानपुर)लाई पुरस्कृत गरिने भएको छ ।
यसैगरी नगद रु. ७,७७७ र सम्मानपत्रसहित खडानन्द–मनमाया स्मृति युवा प्रतिभा सम्मान–२०७८ बाट युवा कवि यात्रीप्रकाश पाण्डे (धादिङ), नगद रु. ७,७७७ र सम्मानपत्रसहित सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७८ बाट युवाकवि शान्ति प्रियवन्दना (मकवानपुर), नगद रु. ७,७७७ र सम्मानपत्रसहित सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७८ बाट समाजसेवी बेलप्रसाद दहाल –बकैया–४)लाई सम्मानीत तथा पुरस्कृत गरिने छ ।
यस्तै नगद रु. ७,७७७, सम्मानपत्रसहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०७८ बाट कलाकार बाबुलाल वाइबा (मकवानपुर), नगद रु. ७,७७७, सम्मानपत्रसहित झरना–बकैया पत्रकारिता सम्मान–२०७८ बाट पत्रकार गोकर्ण गौतम (मरणोपरान्त) बकैया–४ र नगद रु. ५,००५ र सम्मानपत्रसहित झरना–बकैया नवप्रतिभा सम्मान–२०७८ बाट उदीयमान गजलकार विजय दोङ बकैया–५ सम्मानित हुनुहुने भएको संस्थाका सचिव उपासकले जानकारी दिए ।

 

273779109_641839443751680-1644843130.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार