११ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले धादिङ जिल्लाका दुइवटा गाउँपालिकाका ३ सय ५० विपन्न चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
मंगलबार एक कार्यकमकाबीच गजुरी गाउँपालिका ४ भीरकटेरी, वडा नम्बर ६ स्याङ्मैडाँडा र बेनिघाट रोराङ गाउँपालिका ३ ओरबाङका चेपाङ परिवारलाई जाडोबाट बच्न न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरिएको हो । स्याङ्मैडाँडामा १७८ परिवार र ओरबाङमा १४२ र भीरकटेरीमा ३० परिवारलाई ब्लाङ्केट सहयोग गरिएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, महाधिवेशन प्रतिनिधि शिव सुवेदी, बिमला चेपाङ, बेनिघाट रोराङ गाउँपालिकाका पार्टी सभापति ऋषि त्रिपाठी, गजुरी ४ का निर्वाचित वडाध्यक्ष सुरेन्द्र चेपाङ, ६ नम्बर वडा सभापति गोविन्द अधिकारीलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कांग्रेस बागमती प्रदेश सभापति बानियाँले गरिबलाई सक्षम र सबल बनाउन लागिपर्ने एक मात्र पार्टी कांग्रेस भएको दावी गरे । उनले कम्युनिष्टले गरिब दुखीको नाममा राजनीति गरेको तर गरिबलाई झनै गरिब बनाउने काम गरेको बताए ।
चेपाङ समुदायबाट पहिलोपटक मन्त्री बनेका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले कम्युनिष्ट सरकार भ्रष्टाचार र अनियमिततामा डुबेर सत्ताच्युत भएका कारण अबको मुलुकको विकासको कार्यभार कांग्रेसको काँधमा आएको बताए । चेपाङ समुदायका विकास र उन्नयनको लागि आफ्नो कार्यकालमा महत्वपूर्ण कार्य गर्ने प्रतिवद्धता पनि जनाए ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









