फोटोः फाईल
सुनिल शिवाकोटी
२१ असोज, हेटौडा । चाडबाड सकेर यात्रुहरु आफ्नो गन्तव्यमा फर्कने र आउने क्रमबढे संगै टाटा सुमो काउन्टरहरुले सुमोहरुको अभाब सृजना गरेर यात्रुहरुसंग बढी भाडा लिई यात्रु ठग्ने क्रम बढेको छ । हेटौडाबाट सय भन्दा बढी सुमो र बसहरु काठमाडौ तथा ग्रमीण भेगमा चल्ने गर्दछन । यस्ता यात्रु ठग्ने क्रम बढेसंगै प्रस्ट खबरको टिमले आङ्खनो सकृयता बढायो , यसै क्रममा हेटौडाबाट ८ सय भाडा तिरेर काठमाडौ जान लागेका हेटौडाको एक सुमो काउन्टरमा भेटिएका आकाश थपलियाले बताए । यो एउटा उदाहरण मात्र हो ,थपलिया जस्ता सयौ यात्रु बढी भाडा तिरेर यात्रा गर्न बाध्य छन ।
यस्ता जन गुनासो बढेसंगै मिडिया सहित स्थानिय प्रशासन तथा मकवानपुर प्रहरीले सकृयता बढाएको छ । हाल दिनहु जसो प्रहरीले कडा निगरानीका साथ जिल्लका विभिन्न स्थानमा चेकजाच गर्ने गरेको छ । चेकजाच गर्दा दिनहु जसो यात्रुबाहक सवारीहरुले यात्रुहरु संग तोकिएको भन्दा बढी भाडा लिने सुमो तथा सिट संख्या भन्दा बढी हुटमा यात्रु राख्ने यात्रुबाहक बसका काउन्टर तथा चलालकहरु कारवाही परेका छन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त डि एस पी दिलिपराज झाले जनाए अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर र माताहतका ईलाका तथा प्रहरी चौकीहरुको सकृयतामा हेटौडा भएर काठमाडौँ चल्ने र हेटौडा फर्कने तथा हेटौँडा भएर राईगाउ फापरबारी, सिस्नेरी, नामटार, आग्रा लगायत गा्रमीण भेगमा चल्ने तथा हेटौडा फर्कने सुमो तथा यात्रुबाहक चेकजाच गर्दा हाल सम्म तोकीएको भाडा भन्दा बढी भाडा लिने ५१ सुमो र १२ वटा यात्रुबाहक बस गरी ६३ वटा यात्रुबाहक सवारी साधनलाई कारवाही गरी २ लाख ८२ हजार रुपैया सम्बन्धित यात्रुहरुलाई फिर्ता गरिएको र केही सवारी चालकहरुलाई नियन्त्रणमा लिएको बताए । डि एस पी झाले दशै मान्न र मानेर गन्तव्यमा फर्कन क्रममा काठमाण्डौ फर्कदा टाटासुमोहरुले ४ सय ५३ भाडा रहेकोमा दोब्बर भाडा असुली गरको तथ्य र जन गुनासोको आधारमा प्रहरीको निगरानीमा यात्रुसंग ६ सय ५० रुपैयाँ देखि १ हजार रुपैयाँ लिने गरेको बताए । उनले यो संख्या यात्रुबाहक बसमा भन्दा सुमोमा बढी रहेको बताए ।
डि एस पी झा का अनुसार प्रहरीले हेटौडाको चौकीटोल, भैसे, थाहा नगरपालिका, भिमफेदी, सिस्नेरी , फापरबारी ,हात्तसिुडे लगायतका क्षेत्रमा सुमो र बस रोकेर चेकीङ् गर्ने गरेको र यात्रुसंग बढी लिएको पाईएमा तुरुन्त भाडा फिर्ता गराई चालक र सुमोलाई कारवाही प्रकृया अगाडी बढाईएको बताउदै उनले यो सकृयताई छठ सम्म जारी राख्ने बताए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















