Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला सामुदायिक वनको वार्षिकोत्सव सम्पन्न

274251880_490825748928854-1646010410.jpg

१६, फागुन, हेटौडा । हेटौडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३२ औं वार्षिकोत्सव कार्यक्रम शनिवार सम्पन्न भएको छ । 
डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत, शिव सापकोटाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सामुदायिक वनले वनको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै सामुदायिक वनले उपभोक्ताहरुको आर्थिक स्थितिमा सुधार ल्याउन सकारात्मक काम गरेको बताए । 
सामुदायिक वनले पर्यापर्यटन र संस्थागत विकास गर्नु पर्नेमा जोड दिदै उनले अव सामुदायिक वनले आर्थिक उपार्जनको क्षेत्रमा समेत काम गर्नु पर्नेमा जाड दिए ।
कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, सव डिभिजन बन कार्यालय, हर्नामाडीका प्रमुख दीपक पुडासैनी, समूहका सल्लाहकार उदय बिडारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुरेकालीलेक सामुदायिक वनका अध्यक्ष सीताराम न्यौपाने, घयाम्पे सामुदायिक वनकी अध्यक्ष दुर्गा महत, चिसापानी सामुदायिक वनका अध्यक्ष नारायण ढकाल, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी, समूहकी उपाध्यक्ष कल्पना पराजुली, कार्यालय सचिव केदार प्रसाद गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
 २ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा १ हजार ५० घरधुरी रहेको सदस्य शिव प्रसाद गौतमले बताए । यो समूह जिल्लामा पहिलो हस्तान्तरित सामुदायिक वन हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार