Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

स्व. केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिता असोज २५ गतेबाट हुने 

VOlleyball-1507600397.jpg

२४ असोज, हेटौँडा । स्व. केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिताको तेस्रो संस्करण यही असोज २५ गतेदेखि हेटौंडा १७ हटियास्थित नेपाल चौरमा हुने भएको छ ।
हटिया स्पोर्टस एकेडेमीको आयोजनामा २५ गतेदेखि हुने प्रतियोगितामा ११ टिमले सहभागिता जनाउँने आयोजकले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै एकेडेमीका अध्यक्ष छबि सुबेदीले प्रतियोगिताको बारेमा जानकारी दिए । 
२८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाईने छ । प्रतियोगिताको बिजेताले नगद एकलाख सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ५० हजार नगद र तेस्रोले २५हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
प्रतियोगिताको लागि पाँचलाख ४०हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको लागि रेडबुल र शिवम् सिमेन्टले प्रायोजन गरेको बताइएको छ ।
प्रतियोगिताको यसअघिको संस्करणको बिजेता बज्रबाराहीले यसबर्ष प्रतियोगितामा भाग नलिने अध्यक्ष सुबेदीले जानकारी दिए ।
फोटोः छवि सुवेदी
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg