Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सांसद पौडेलले बाँडे ५० लाख

Ananta-Paudel-1507792825.jpg

२५ असोज, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले चालु आव ०७४/०७५ का लागि ५० लाख रुपैँया विकास बजेट बाँडफाँड गरेका छन् ।

सांसद पौडेलले सांसद विकास कोषको ५० लाख रुपैँया १९ शिर्षकका योजनाहरुमा बाँडफाँड गरेका हुन् । पौडेलले सबैभन्दा बढि १० लाख रुपैँया र सबैभन्दा कम एक लाख रुपैँया बजेट उपलव्ध गराएका छन् । पौडेलले हेटौंडा क्याम्पसलाई १० लाख, चुरियामाई मावि हेटौँडा–१५ मा खानेपानी ट्यांकी निर्माणका लागि ३ लाख ५० हजार, त्रिवेणी निमावि हेटौँडा–८ मा २ लाख ५० हजार, भुटनदेवी क्लव हेटौँडा–१० को भवन पुर्ननिमाणका लागि २ लाख, पशुपति सामुदायिक भवन हेटौँडा–७ लाई २ लाख रुपैँया बजेट विनियोजन भएको छ ।

श्रीनिवास लक्ष्मीनारायण मन्दिर हेटौँडा–७ लाई १ लाख, राधाकृष्ण मन्दिर हेटौँडा–५ लाई १ लाख, राधाकृष्ण मन्दिर हेटौँडा–८ मा १ लाख, संस्कृत वेद विद्यालय हेटौँडा–१० लाई २ लाख, याङ्ला गुठी हेटौँडा–१० लाई एक लाख, हिमगंगा प्रावि हेटौँडा–८ लाई ३ लाख, पिपलबोट टोल हेटौँडा–१३ स्ल्याव निर्माणका लागि ३ लाख, बैदार टोल हेटौँडा–१३ स्ल्याव निर्माणका लागि ३ लाख बजेट विनियोजन भएको सांसद पौडेलका प्रतिनिधि गणेशकुमार तिमल्सिनाले बताए ।

त्यसैगरी, पतञ्जली योग भवन हेटौँडा–४ का लागि ४ लाख, हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौँडा–१० का लागि २ लाख, कालिदेवी मन्दिर हेटौँडा–९ मा सामुदायिक भवन निर्माणक लागि ५ लाख, समाजसेवा युवा क्लव हेटौँडा–६ लाई फर्निचर र ट्रष्ट निर्माणका लागि ३ लाख, हेटौँडा–११ मा कभर्ड हल निर्माणका लागि २ लाख र कार्यालय संचालन खर्च १ लाख विनियोजन भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार