२७ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालयले शुक्रबार हेटौँडामा ६२ औं प्रहरी दिवस मनाएको छ । नयाँ संरचना अनुसार क्षेत्रीय प्रहरी कार्यालयबाट प्रदेश कार्यालय भएपछि पहिलो पटक दिवस मनाएको हो । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका प्रशासक रेश्मीराज पाण्डेले बदलिदो परिस्थिति अनुसार नेपाल प्रहरीले आफ्नो भूमिकालाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए । प्रहरीले न्यून बजेटका बाबजुद पनि शान्ति सुरक्षा कायम गरिरहेको भन्दै उनले नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि आप्mनो तर्फबाट प्रहरीलाई सहयोग गर्न सके समाजको हरेक क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभुति हुने विश्वास व्यक्त गरे । उनले सबैको हातेमालोबाट मात्रै शान्ति सुरक्षा सम्भव भएकाले सहकार्यमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक केशरीराज घिमिरेले नेपाल प्रहरीले राज्यले दिएको जिम्मेवारी पुरा गर्न तत्पर रहेको भन्दै समाजसेवा प्रहरीको एकमात्र उद्धेश्य रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, प्रहरी नायव महानिरिक्षक भोगबहादुर थापा, सामुदायिक सेवा केन्द्र थानाभ¥याङका अध्यक्ष सिद्धिलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अमर प्रहरी परिवार, उत्कृष्ट प्रहरी कर्मचारी, खेलकुदमा विजयी खेलाडी, सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व, प्रहरी गतिविधिमा सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा देशभरमा हालसम्म विभिन्न घटनामा परी एक हजार ५ सय ९३ प्रहरीले विरगति प्राप्त गरेको जानकारी दिईएको थियो । जसमध्ये १ सय ७५ जना ३ नम्बर प्रदेशका रहेका छन् भने मकवानपुरबाट प्रहरी सेवामा रहेका ६४ जनाले विरगति प्राप्त गरेको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा अमर प्रहरी स्तम्भमा कार्यक्रममा सहभागीहरुले पुष्पगुच्छा अर्पण गरेका थिए ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

