२७ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालयले शुक्रबार हेटौँडामा ६२ औं प्रहरी दिवस मनाएको छ । नयाँ संरचना अनुसार क्षेत्रीय प्रहरी कार्यालयबाट प्रदेश कार्यालय भएपछि पहिलो पटक दिवस मनाएको हो । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका प्रशासक रेश्मीराज पाण्डेले बदलिदो परिस्थिति अनुसार नेपाल प्रहरीले आफ्नो भूमिकालाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए । प्रहरीले न्यून बजेटका बाबजुद पनि शान्ति सुरक्षा कायम गरिरहेको भन्दै उनले नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि आप्mनो तर्फबाट प्रहरीलाई सहयोग गर्न सके समाजको हरेक क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभुति हुने विश्वास व्यक्त गरे । उनले सबैको हातेमालोबाट मात्रै शान्ति सुरक्षा सम्भव भएकाले सहकार्यमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक केशरीराज घिमिरेले नेपाल प्रहरीले राज्यले दिएको जिम्मेवारी पुरा गर्न तत्पर रहेको भन्दै समाजसेवा प्रहरीको एकमात्र उद्धेश्य रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, प्रहरी नायव महानिरिक्षक भोगबहादुर थापा, सामुदायिक सेवा केन्द्र थानाभ¥याङका अध्यक्ष सिद्धिलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अमर प्रहरी परिवार, उत्कृष्ट प्रहरी कर्मचारी, खेलकुदमा विजयी खेलाडी, सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व, प्रहरी गतिविधिमा सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा देशभरमा हालसम्म विभिन्न घटनामा परी एक हजार ५ सय ९३ प्रहरीले विरगति प्राप्त गरेको जानकारी दिईएको थियो । जसमध्ये १ सय ७५ जना ३ नम्बर प्रदेशका रहेका छन् भने मकवानपुरबाट प्रहरी सेवामा रहेका ६४ जनाले विरगति प्राप्त गरेको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा अमर प्रहरी स्तम्भमा कार्यक्रममा सहभागीहरुले पुष्पगुच्छा अर्पण गरेका थिए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







