३० असोज, हेटौँडा । पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको वातावरण तयार गर्न सबै राजनैतिक दललाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुरले सोमबार जिल्ला पार्टी कार्यालयमा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बानियाँले मंसिरमा हुने दुई तहको निर्वाचन सम्पन्न गर्न सबै दलले वातावरण तयार गर्नुपर्नेमा जोड दिए । अहिले राजनैतिक धु्रविकरण भईरहँदा जनतामा निर्वाचनबारे अन्यौलता देखिएको भन्दै निर्वाचनको वातावरण बनाउन राजनैतिक दल र कार्यकर्ता जुट्नुपर्ने बताए ।
उनले तोकेकै मितिमा निर्वाचन गराउन अहिलेको सरकार र नेपाली कांग्रेस लागि परेको बताउँदै आफ्नो क्षेत्रको विकास र समृद्धिमा योगदान पु¥याउनेलाई मत दिन मतदातालाई आग्रह गरे । यसअघि बानियाँले पार्टी कार्यालय परिसरमा रहेको महामानव विपि कोइरालाको सालिक अनावरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, प्रहरी उपरीक्षक बसन्तराज खनाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







