३१ असोज, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवति पुडासैनीले उद्यमशिलताबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले यसतर्फ लाग्न आग्रह गरेकी छिन् ।
चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजना, जिल्ला वन कार्यालय,मकवानपुरको समन्वय र जुलोजिकल सोसाईटी अफ लण्डन, रेजिना फाउण्डेशनको सहयोगमा जिवीकोपार्जनका लागि व्यवसायिक छनौट तथा सीप विकास तालिमको समापन गर्दै पुडासैनीले उद्यमशिलता समृद्धिको मूल आधार भएको बताएकी हुन् । उनले व्यवसायिक योजना बनाएर काम गर्न सके सानो पूँजीबाट पनि आर्थिक उपार्जन गर्न सकिने बताउँदै समन्वय समितिले यसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा मकवानपुर गढी–२ का वडा अध्यक्ष बखानसिं पाख्रिन, सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ, संचारकर्मी भीमसेन पौडेल, वन समूहका सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जुलोजिकल सोसाईटी अफ लण्डन सिमराका कार्यक्रम संयोजक प्रकाश सिग्देल, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला सदस्य कुमारसिं खड्का, हर्नामाडि इलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराई, समूहकी सचिव सरिता गौतम लगायतको सहभागिता रहेको थियो ।
समूहमा रहेका दलित, गरिव, सीमान्तकृत, जनजाती उपभोक्ता गरी ३५ जनाको सहभागिता रहेको तालिममा हेटौडा उपमहानगरपालिका प्रवन्धक विके महर्जन, उद्यम विकास शाखाका सहजकर्ता विकास श्रेष्ठ र लेखमान राउतले सहजीकरण गरेका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















