Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

किन आएनन् प्रमुख महत नेपाल सम्वतको कार्यक्रममा ?

Mahat-1508500662.jpg

३ कार्तिक, हेटौँडा । हेटौँडामा शुक्रबार भएको नेपाल सम्वतको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत अनुपस्थित भएपछि यसबारे चर्चा परिचर्चा शुरु भएको छ । 
महतले मादक पदार्थ सेवन गरी सिंचाई टोलका महिलाहरुमाथि गालिगलौज गरेको चर्चा चलिरहेका बेला शुक्रबारको कार्यक्रममा उनी अनुपस्थित भएपछि चर्चा परिचर्चा चलेको हो । उनले बन्दुक देखाएर महिलाहरुलाई तर्साएको समेत चर्चामा छ । सांस्कृतिक ¥यालीको प्रमुख अतिथिको रुपमा निम्ता गरिएका महत अचानक नआउने बताएपछि विहान कार्यक्रम स्थलमा चर्चा परिचर्चा चलेको हो । महतलाई निकै समय कुरेपछि पनि नआएपछि आयोजकले विकल्प खोजेको जनाइएको छ ।
जनताको मत पाएर सेवामा होमिने अठोट गरेका महतले ६ महिना नपुग्दै मादक पदार्थको तालमा महिला एवं बालबालिकाहरुलाई गालिगलौज गरेको चर्चा शुक्रबार विहानैदेखि सामाजिक सञ्चालमा छाएको छ । महतको यस्तो कार्यको धेरैले विरोध गरिरहँदा महत हेटौँडाको एकमात्रै महत्वपूर्ण कार्यक्रममा अनुपस्थित भएपछि विहिबार रातिको घटनासँग धेरैले जोडेर हेरेका छन् । 
स्रोतका अनुसार महत कार्यक्रममा अनुपस्थित भएपछि हेटौँडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेलाई प्रमुख अतिथि बनाईएको थियो । आफु प्रमुख अतिथि भएको पुष्टि गर्दै महतले अन्य विषयमा आफुलाई जानकारी नभएको बताए । प्रमुख महतले भने सार्वजनिक रुपमा यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार