८ कार्तिक, हेटौँडा । लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना अभिबृद्धि गर्ने उद्देश्यले हेटौँडामा सांगितिक कार्यक्रम हुने भएको छ । लागुऔषध दुव्र्यसन न्यूनिकरणको क्षेत्रमा काम गर्दै आएको दिपकला प्रतिष्ठानले कार्तिक २५ गते सचेतनामुलक कार्यक्रम र सांगितिक कार्यक्रम गर्ने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सिद्धार्थ माविको चौरमा हुन लागेको कार्यक्रममा गायक एल्ड्रिन प्रधानसहित राष्ट्रिय गायक, नेपाल आईडलका टप टेनमध्ये केही गायकसहित हेटौँडाको भीमफेदी गाईज लगायतका कलकार टोलीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष अजित राईले बताए । कार्यक्रममा देशका चर्चित मोडल र हेटौँडाका विभिन्न समुदायका परम्परागत भेषभुषासहित १२ जना कलाकारहरुको सहभागिता रहने कार्यक्रम संयोजक एवं संस्थाका सचिव श्याम पराजुलीको भनाई छ ।
१५ लाख रुपैंया खर्च हुने अनुमान गरिएको कार्यक्रमबाट बचत भएको रकमबाट मकवानपुरमा लागुऔषधको कुलतमा परी पुर्नस्थापनाका लागि आएका ३० जनालाई एकबर्ष तालिम र उनीहरुको माग अनुसार औपचारिक शिक्षाका लागि सहयोग गर्ने जनाईएको छ । संस्थाका अनुसार मकवानपुरमा सुईबाट लागुऔषध लिनेको संख्या ७ सय जनाको हाराहारीमा रहेको भन्दै अन्य प्रयोगकर्ताहरुको संख्या ठूलो रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष राईले संगठित र व्यस्थित रुपमै लागुऔषध दुव्र्यसन नियन्त्रणको क्षेत्रमा काम गर्न सबैको सहयोग आवश्यक रहेको समेत बताए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







